बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
१५ पटक हेरिएको
Shares
बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

सारांश

  • बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
  • गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा.
  • अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो.

बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा. अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो. सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मो. अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गत असोज २० गते पक्राउ गरिएका सेख र निजकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?