पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु हुने
सारांश
- काठमाडौं ।
- सरकारले दिन लागेको राष्ट्रिय परिचयपत्रको शुरुवात पाँचथर जिल्लाबाट हुने भएको छ ।
- आगामी मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु हुने भएको छ ।
काठमाडौं । सरकारले दिन लागेको राष्ट्रिय परिचयपत्रको शुरुवात पाँचथर जिल्लाबाट हुने भएको छ । आगामी मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु हुने भएको छ ।
देशमा पहिलो पटक दिन थालिएको राष्ट्रिय परिचय पत्र पाँचथरका बासिन्दाले पाउनेछन् । त्यसपछि अन्य जिल्लामा पनि वितरण गरिनेछ । बायोचिप्स राखिएको परिचयपत्रमा एउटा व्यक्तिको सबै खालको विवरण समावेश हुनेछन् ।
नागरिकता लगायतका अन्य परिचयपत्र बोकेर हिड्नुनपर्ने गरी परिचयपत्रको तयारी हुँदैछ । पाँचथरमा गत असारदेखि नै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको बताइएको छ ।
अब मंसिर ३ देखि परिचयपत्र वितरणको काम शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य राखेको छ ।
प्रतिक्रिया