२१औँ शताब्दीमा राष्ट्र भनेको के ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
२१औँ शताब्दीमा राष्ट्र भनेको के ?

सारांश

  • क्याटलोनियामा जनमतसंग्रहपछि स्वतन्त्रताको घोषणा, इराकको कुर्दिस्तानमा स्वतन्त्रतासम्बन्धी जनमतसंग्रह र त्यसपछि इराक र स्पनको केन्द्र सरकारको कदमले २१औँ शताब्दीमा राष्ट्रियताबारे एकपछि अर्को प्रश्न खडा गरेको छः राष्ट्र के हो ?
  • राज्य के हो ?
  • के राज्य र राष्ट्र एउटै हो ?

क्याटलोनियामा जनमतसंग्रहपछि स्वतन्त्रताको घोषणा, इराकको कुर्दिस्तानमा स्वतन्त्रतासम्बन्धी जनमतसंग्रह र त्यसपछि इराक र स्पनको केन्द्र सरकारको कदमले २१औँ शताब्दीमा राष्ट्रियताबारे एकपछि अर्को प्रश्न खडा गरेको छः राष्ट्र के हो ? राज्य के हो ? के राज्य र राष्ट्र एउटै हो ? कुनै निश्चित जाति, समुदाय वा जनजाति र राष्ट्र एउटै विषय हुन सक्छ ? विश्वव्यापीकरण अर्थतन्त्रको वर्तमान युगमा राष्ट्रिय सार्वभौमसत्ता भनेको वास्तवमै के हो ? यी प्रश्नबारे आमअमेरिकीले केही सोच्दैन भन्ने मेरो अड्कल छ । किनकि, उनीहरू ‘एक अभिभाज्य राष्ट्रमा’ बस्छन् आजभोलि, उनीहरूको देशले भने त्यो ढंगले सोच्दैन । तर, ‘राष्ट्र के हो ?’ भन्ने प्रश्न शीतयुद्धको अन्त्यको झन्डै तीन दशकपछि विश्वका विभिन्न भागमा निकै महत्वका साथ सोधिन थालिएको छ ।

सोभियत युनियनबाट मात्र पन्ध्रवटा नयाँ–पुराना राष्ट्र निर्माण भए । युरोपेली ‘स्याटलाइट’ले पनि आफूलाई पुनर्भाषित गर्न थालेका छन् । बर्लिनको पर्खालको पतनको पाँच वर्षपछि पूर्वी जर्मनलाई पश्चिमी जर्मनले किन्यो । वार्ताबाटै चेकोस्लोभाकिया दुई राष्ट्र बने र ठूलो रक्तपातपछि युगोस्लाभिया अन्ततः सात देशमा विभाजित भयो । आफूले चाहेजस्तो र भनेको समयमा अलग राष्ट्र निर्माण गर्न सबै समूह त सफल भएका छैनन्, तर अधिकांश समूह र जाति विभिन्न बहानामा नयाँ–नयाँ राष्ट्रको न्वारन गर्ने दाउमा छन् । अलग राष्ट्र घोषणा गर्न चाहना देखाउने जातिविशेष वा धर्मालवम्बीप्रति ती देशका सरकारले वार्ताभन्दा पनि दमनलाई सशस्त्र औजार बनाएका छन् । आफूहरूमाथि चरम दमन भए पनि कुर्दहरूले आफ्नै राष्ट्र बनाउने प्रयत्नलाई अझै छाडेका छैनन् ।

यसलाई बुझ्नका लागि तपाईंले आधुनिक साम्राज्यको इतिहास हेर्नु आवश्यक छ । प्रथम विश्वयुद्धको अन्त्यमा पराजित अटोमान र अस्ट्रिया–हंगेरी साम्राज्य विभाजित भएपछि कुर्दिस्तान र युगोस्लाभियाको सीमा तोकिए । राष्ट्रिय अभिलाषाका अगाडि यी सीमारेखाले थोरै र विजयी साम्राज्य ब्रिटिस र फ्रान्सको सुविधाका लागि धेरै अर्थ राख्थे । ती सीमालाई साम्राज्यवादी शक्तिले रेखांकन गरेका थिए, तर सो रेखांकन द्वितीय विश्वयुद्धपछि ब्रिटिस र फ्रान्स, अमेरिका र सोभियत युनियनले विस्थापित गरिदिए, हटाइदिए र मेटाइदिए । कम्युनिजमको अन्त्यसँगै राष्ट्रियताप्रति विद्यमान विचारमा चुनौती सुरु भएको थियो ।

स्वतन्त्रताविरोधी आन्दोलनको नेतृत्व गरेका दक्षिणपन्थी नेता अल्बर्ट रिभेराले क्याटलन स्पेनबाट अलग हुनु केही दिनअघि भनेका थिए, ‘क्याटलोनिया मेरो जन्मभूमि हो, स्पेन मेरो देश हो र युरोप मेरो भविष्य हो ।’ के युरोप राष्ट्र हुन सक्छ ? यो २१औँ शताब्दीको सबैभन्दा ठूलो प्रश्न हो ।

सन् २००८ को आर्थिक संकटपछि पश्चिमेली राष्ट्रहरूमा फाटो बढेसँगै यस्तो चुनौती विस्तार भएको हो । सो संकटपछि आफ्नो मुलुक कस्तो हुनुपर्छ भन्ने विषयमा आमबेलायतीमा बहस बढेको थियो । देशभित्र आन्तरिक तर्क र विवाद बढेपछि ब्रेक्जिटको मुद्दा उठ्यो । बढ्दो संकटले स्कट्ल्यान्डको नेसनलिस्ट पार्टीप्रति समर्थन बढ्यो । अन्ततः सन् २०११ मा स्कट संसद्मा सो पार्टीले बहुमत ल्याउन सफल भयो । स्कट्ल्यान्ड स्वतन्त्रताबारे जनमत संग्रहको आवाज उठ्यो ।

सन् २०१४ मा सम्पन्न जनमतसंग्रहमा स्कट्ल्यान्डका मतदातालाई स्कट्ल्यान्ड स्वतन्त्र राष्ट्र हुुनुपर्छ वा हुन्न भन्ने प्रश्न राखियो । हुन्न भन्ने पक्षमा जनमत आयो । तर, कथा त्यतिमै अन्त्य भएको थिएन, किनकि अंग्रेज राष्ट्रवादको उग्र आवाज धेरै चर्को थियो ।

स्कट्ल्यान्डको जनमतसंग्रहमा विजयी भएपछि सन् २०१६ मा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायत युरोपेली युनियनको निरन्तर सदस्य रहने वा अलग हुने भन्ने विषयमा जनमतसंग्रह गर्ने अनुमति दिएर पुनः एकपटक आफ्नो भाग्य परीक्षण गर्ने निधो गरे । बेलायतले इयु छाड्ने वा रहिरहने भन्ने विषयमा जनमतसंग्रह सम्पन्न भयो । राष्ट्रिय सार्वभौमसत्ताको सन्दर्भमा इयुको निरन्तर सदस्यता रहनेविरुद्ध चर्का बहस भए । त्यो कुनै नयाँ बहस थिएन । सन् १९८० को दशकमा युरोपेली युनियन एउटा संघीय भविष्यका लागि बिस्तारै मार्च सुरु गर्दा सो प्रक्रियामा आबद्ध हुन वास्तवमा बेलायत हिच्किचाएको थियो । मार्गेट थ्याचरको विचारमा संघीय युरोपमा आबद्ध हुनुको अर्थ बेलायतको राष्ट्रिय स्वतन्त्रताको अन्त्य हो । युरोपेली युनियनमा आफ्नो आकार र महत्वका कारण संघीय युरोपको रूपान्तरणको आधारप्रति अनिच्छुक देखिएको थियो । इयुका सदस्य राष्ट्रका सम्पूर्ण नागरिकलाई विनाअवरोध आवतजावत गर्न पाउने र इयु राष्ट्रमा साझा एकल मुद्रा युरोपलाई मान्यता दिने सेचेनजेन सन्धिप्रति बेलायत असन्तुष्ट थियो ।

त्रासले दिमागलाई असर गर्छ भनेजस्तै सार्वभौमसत्ताबारे आमअंग्रेजको साझा चिन्ता थियो र यसले उनीहरूलाई अविवेकी बनायो । स्कट्ल्यान्डको जनमतसंग्रहमा स्कट्ल्यान्डवासीले स्वतन्त्रताको पक्षमा मतदान गरेमा उनीहरूलाई युनियनमा फास्टट्र्याक नगरिने र उसले मुद्राको रूपमा युरो प्रयोग गर्न नपाउने युरोपेली युनियनले चेतावनी दिएको थियो । मतगणनामा ५३ प्रतिशत अंग्रेज मतदाताले स्कट्ल्यान्डबाट अलग हुने पक्षमा मतदान गरे भने ६२ प्रतिशतले स्कट्ल्यान्डमै रहने पक्षमा मतदान गरे ।

बर्लिन पर्खालको पतनको पाँच वर्षपछि पूर्वी जर्मनीलाई पश्चिमी जर्मनीले किन्यो । वार्ताबाटै चेकोस्लोभाकिया दुई राष्ट्र बने र ठूलो रक्तपातपछि युगोस्लाभिया अन्ततः सात देशमा विभाजित भयो।

स्कट्ल्यान्डको जनमतसंग्रहलाई अक्टोबर १ मा सम्पन्न क्याटलोनियाको जनमत संग्रहसँग तुलना गरौँ (जनमतसंग्रहपछि क्याटलोनिया औपचारिक रूपमा स्पेनबाट अलग भएको घोषणा गरिसकेको छ ) । क्याटलनमा स्वतन्त्रताको पक्षमा जनमतसंग्रह घोषणा गर्ने निर्णय स्कट्ल्यान्डको जनमतसंग्रह गर्ने निर्णयसँग कति ऋणी छ ? के क्याटलन विखण्डनकारी नेता कारलस पुज्डोमनले पनि बेलायतमा जस्तै सम्मानित वातावरणमा शान्तिपूर्ण ढंगले जनतमसंग्रह गर्न सक्दैनथे ? स्पेनले क्याटलनको जनमतसंग्रहलाई प्रहरी लगाएर किन बिथोल्ने प्रयास गर्‍यो ? बेलायतले जस्तै स्पेनले पनि क्याटलनलाई जनमतसंग्रहका लागि अनुमति दिन सक्दैनथ्यो र ? स्पेन सरकारले आफ्नो प्रहरी गार्डिया सिभिल पठाएर जनमतसंग्रह रोक्दा सदस्य राष्ट्रहरूको सार्वभौमसत्तालाई सम्मान गर्ने बाचा गरेको इयुले हस्तक्षेप गर्दैन भन्ने पुज्डमोनलाई थाहा थिएन ? क्याटलन संकटले राष्ट्रियताबारे विश्वलाई अन्तिम प्रश्न छोडेको छ । विश्वव्यापी अर्थतन्त्रमा के पश्चिमी युरोपका राष्ट्रहरू आफ्नो राष्ट्रियतालाई सामूहीकरण नगरी भावी दिनमा आफ्नो सम्पत्ति र उच्च तहको जीवनशैली रक्षा गर्न सक्लान् ?

यस समकालीन प्रश्नको जवाफको सुरुवात इतिहासबाटै मिल्छ । राजनीतिक र आर्थिक प्रवाहको अर्को समय अर्थात् झन्डै पाँच सय वर्षअगाडि आफ्नो नाम इतिहासमा नै हराउन बाध्य पोल्यान्डका एक कुलीनलाई उनको राष्ट्रिय पहिचानबारे सोधिएको थियो । राष्ट्रियताबारे उनले त्यतिवेला यस्तो जवाफ दिएका थिए, ‘म यहुदी मूलको, रुथानियाली वर्गको लिथुआनियन नागरिकता भएको पोल्यान्डको व्यक्ति हुँ ।’

उनको जवाफ क्याटलोनियामा यसअघि स्वतन्त्रता विरोधी आन्दोलनको नेतृत्व गरेका दक्षिणपन्थी नेता अलबर्ट रिभेराको जवाफसँग केही हदसम्म मिल्छ । कयाटलन स्पेनबाट अलग हुनु केही दिनअघि उनले भनेका थिए, ‘क्याटलोनिया मेरो जन्मभूमि हो, स्पेन मेरो देश हो र युरोप मेरो भविष्य हो । ’ के युरोप राष्ट्र हुन सक्छ ? यो २१औँ शताब्दीको सबैभन्दा ठूलो प्रश्न हो ।

(न्युयोर्क टाइम्सबाट अनुवादित)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेन्जल बनिन् पहिलो मिस सिन्धुली, मिस नेपालमा सहभागी बन्न पाउने (फोटोसििहत)
बिराट गोल्डकपको उपाधी थ्री-स्टारलाई, अनन्तलाई मोटरसाइकल
बिराट गोल्डकपको उपाधी थ्री-स्टारलाई, अनन्तलाई मोटरसाइकल
सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन
सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन
जिम्मेवारी सम्हाल्नुबित्तिकै के भने कामु प्रधानन्यायाधीश जोशीले ?
जिम्मेवारी सम्हाल्नुबित्तिकै के भने कामु प्रधानन्यायाधीश जोशीले ?
चोटका कारण आर्चरले एसेज सिरिजको पहिलो खेल गुमाउने
चोटका कारण आर्चरले एसेज सिरिजको पहिलो खेल गुमाउने
६५ वर्षीया वृद्धाले जितिन् कोरोनालाई
६५ वर्षीया वृद्धाले जितिन् कोरोनालाई
दिल्लीमा पंखा बनाउने कारखानामा बिस्फोट हुँदा ७ जनाको मृत्यु
दिल्लीमा पंखा बनाउने कारखानामा बिस्फोट हुँदा ७ जनाको मृत्यु
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
संक्रमणकालीन न्याय सम्बन्धिका विषयमा सहमति
संक्रमणकालीन न्याय सम्बन्धिका विषयमा सहमति
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन

तपाईंले छुटाउनुभयो कि?