बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास

सारांश

  • राजेन्द्र न्यौपाने गोरखा ६ साउन ।
  • साउन १ गतेका दिन परेको अविरल वर्षाका कारण आएको बाढीका कारण काट्न ठिक्क भएको धान अधिकांश डुवानमा परेको छ ।
  • किसानहरुले जिल्लाको लुदीखोला फाँटमा लगाएको जुडी धान थन्क्याउन नपाएका हुन् ।

राजेन्द्र न्यौपाने

गोरखा ६ साउन । साउन १ गतेका दिन परेको अविरल वर्षाका कारण आएको बाढीका कारण काट्न ठिक्क भएको धान अधिकांश डुवानमा परेको छ । किसानहरुले जिल्लाको लुदीखोला फाँटमा लगाएको जुडी धान थन्क्याउन नपाएका हुन् ।

“साउने संक्रान्ति मानेर २ गते धान काट्न खेताला खोजेको थिएँ”, साउन १ गते आएको बाढीले पाकेको धान लगेको छबिसे फाँटका किसान झकबहादुर अर्यालले बताए । साउने सक्रान्ति मानेर २ गते धान काट्न खेताला खोजेको र काट्ने दिनमा धान खेत बगरमा परिणत भएको उनले बताए ।

खेतमा रहेको माटो समेत नराखी बगाएपछि पुनः रोपाई गर्नसक्ने अवस्था समेत नरहेको अर्का किसान रत्नबहादुर थापा बताउँछन् । २०११ सालपछि ठूलो बाढी यस वर्ष आएको शहीद लखन गाउँपालिका वडा नं. १ का सदस्य समेत रहेका किसान गोविन्दराज खनाल बताउँछन् । लुदी फाँटमा खेत रहेका किसानहरुको चार हजार रोपनी भन्दा बढी खेत बगरमा परिणत भएको उनको भनाई छ ।

गोरखाका लुदीखोलाका फाँट लगायत सिर्दी, भुसुण्डे, अँधेरी, सुकौरा खोलामा भएको बाढीका कारण धेरै धानबाली नष्ट भएको छ । पाकेको धान, रापेको खेत, रोप्न तयार भएका बिउका व्याड सबै बगाएपछि किसानहरु मर्कामा परेका छन् ।

गोरखा सदरमुकाबाट नजिक रहेका फाँटहरुको अवलोकनका लागि प्रदेशका मन्त्रीहरु पुगे पनि दुरदराजका फाँटहरुमा कसैले जानकारीसम्म लिएका छैनन् । शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरको बसोबास भएको क्षेत्र रहेको वडा नं. ६ स्थित तीनघर गाउँ नै पहिरोको जोखिममा परेपछि अध्यक्ष थापा सहित गाउँलेहरु नै टहरोको बासमा परेका छन् ।

अध्यक्ष थापाले आफ्नो गाउँपालिकाभित्र के कति क्षति भयो ? तुरुन्त जानकारी दिन वडा अध्यक्षहरुलाई निर्देशन दिएको बताए । वडा अध्यक्षहरुले किसानहरुलाई आफ्नो क्षति विवरण दिन माग गरिसकेको बताएका छन् ।

किसानहरुका धानखेत बगरमा परिणत भएपछि ढुंगा, गिटी, बालुवा तस्कर गर्नेहरु रातभरि खोलामा ट्याक्टर लिएर पुग्ने गरेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हत्या आरोपी समात्न गोली प्रहार
टेस्ट क्रिकेटः न्यूजील्यान्डलाई शृंखला
टेस्ट क्रिकेटः न्यूजील्यान्डलाई शृंखला
आज सुनको मुल्य स्थिर, चाँदीको मुल्यमा बृद्धि
आज सुनको मुल्य स्थिर, चाँदीको मुल्यमा बृद्धि
यो होटलमा भेट गर्दैछन् डोनाल्ड ट्रम्प र किम जोङ
यो होटलमा भेट गर्दैछन् डोनाल्ड ट्रम्प र किम जोङ
प्रहरी सहायक निरीक्षक  विकको हत्याका  आरोपीद्वय  रामशंकर मिश्र अदालतमा हाजिर
प्रहरी सहायक निरीक्षक विकको हत्याका आरोपीद्वय रामशंकर मिश्र अदालतमा हाजिर
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको हो : प्रधानमन्त्री ओली
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
गोली लागेर अमेरिकामा एक जनाको मृत्यु, पाँच घाइते
गोली लागेर अमेरिकामा एक जनाको मृत्यु, पाँच घाइते