इलियानाको फोटोग्राफर प्रेमीसँग ब्रेकअप !
सारांश
- काठमाडौँ ।
- बलिवुड अभिनेत्री इलियाना डिक्रूज आफ्ना फोटोग्राफर प्रेमी एन्ड्रयु निबोनसँग अलग भएकी छन् ।
- मिडिया रिपोर्टका अनुसार डिक्रुजले लामो समय देखिका अस्ट्रेलियाली फोटोग्राफर प्रेमी एन्ड्रयुसँग अलग भएको बताइएको छ ।
काठमाडौँ । बलिवुड अभिनेत्री इलियाना डिक्रूज आफ्ना फोटोग्राफर प्रेमी एन्ड्रयु निबोनसँग अलग भएकी छन् । मिडिया रिपोर्टका अनुसार डिक्रुजले लामो समय देखिका अस्ट्रेलियाली फोटोग्राफर प्रेमी एन्ड्रयुसँग अलग भएको बताइएको छ । यस अघि दुवैले विवाह गरिसकेको र डिक्रुज प्रेगनेन्ट समेत भएको समाचार आएको थियो । तर पछिल्ला घटनाक्रमले उनीहरु अहिले एक अर्का बाट टाढा भएको बताइएको छ ।
इलियानाले भने यस बारेमा सार्वजनिक रुपमा केहि भनेकी छैनन् । दुवैले सामाजिक संजालमा एक अर्कालाई अनफलो गरेको पाइएको छ । त्यस्तै इलियानाले आफ्नो इन्स्टाग्रामबाट एन्ड्रयुका सबै तस्बीर हटाएको पाइएको छ । यस अघि पोष्ट गरेका एन्ड्रयुका थुप्रै तस्बीर अहिले उनको इन्स्टाग्राममा देखिदैनन् ।२००६ देखि बलिवुडमा सक्रिय रहेको ३२ बर्षिय इलियाना पछिल्लो पटक अजय देवगनसँगको फिल्म रेडमा देखिएकी थिइन् भने अब उनी पागलपन्तीमा अभिनय गर्दै छिन ।
प्रतिक्रिया