पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा,५ मंसिर ४।
  • “पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५” को तयारी पुरा भएको आयोजकले जनाएको छ ।
  • “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गर्न लागेको हो ।

माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा,५ मंसिर ४। “पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५” को तयारी पुरा भएको आयोजकले जनाएको छ । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गर्न लागेको हो । मंगलवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक महादेव पोख्रेलले तयारी पुरा भएको जानकारी दिए ।

चन्द्रौटा महोत्सव चन्द्रौटा क्षेत्रको पहिचान भएको भन्दै महोत्सवलाई सभ्य, भव्य र शान्तिपूर्ण तवरवाट सम्पन्न हुनेमा जोड दिए ।मंसिर ६ गतेदेखि १६ गतेसम्म चन्द्रौटामा संचालन हुने उक्त महोत्सव अन्य वर्षको तुलनामा फरक हुने दावी गरे ।त्यस्तै महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र १० करोडको करोवार हुने आयोजकले अपेक्षा गरेको संयोजक पोख्रेलले वताए ।

महोत्सवले विगतका वर्ष जस्तो समाजिक कृयाकलाप पनि सक्रिय भएर प्रति टिकट रु १ का दरले शिवराज नगरपालिका भित्रका स्वास्थ्य चौकी वर्थिङ सेन्टरलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । पत्रकारका जिज्ञासा मेटाउदै संयोजक पोख्रेलले महोत्सवमा जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरुको फोटो तथा भिडियो प्रदर्शनी, ऐतिहासिक शिवगढी मन्दिर तथा मूल गेटमा मायादेवीको मन्दिर निर्माण गरिएको वताए । महोत्सवमा बाल उद्यान, मौत कुवा, रोटे पिङ, जादुगर, कुस्ती प्रतियोगिताको समेत व्यवस्था मिलाइएको जनाइएको छ ।।साथै स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनीको स्टलहरु रहने आयोजकको भनाई छ ।

महोत्सव अवधिभर दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, काठमाडौं हरिडान्स ग्रुपको प्रस्तुति, पाँचौ चन्द्रौटा डान्स आइडलको समेत प्रस्तुतिले महोत्सव तताउने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले वताए । त्यसैगरी महोत्सवको अर्को मुख्य आकर्षणको रुपमा थारु सांस्कृतिक नृत्य प्रतियोगितालाई पहिलो पटक प्राथमिकता दिइएको सापकोटाले जानकारी दिए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले पछिल्लो समयमा मेला महोत्सव फेसनको रुपमा देखिएको वताए । कपिलवस्तु जिल्लामा एक महिनाको अवधिमा २ वटा ठुलो महोत्सव आयोजना भएको हुदाँ यि महोत्सवहरुले कृषि र पर्यटनलाई जोड दिनुपर्ने वताए ।कपिलवस्तुको पश्चिमि क्षेत्र औधगिक करिडोर भएकोले मेला महोत्सवले उद्योग क्षेत्रमा पनि विकाशमा टेवा पुग्नेमा विश्वास व्यक्त गरे । महोत्सव संघिय सरकारका कृषि मन्त्री चक्रपाणि खनालले उद्धघाटन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?