साउन २९ गतेभित्र प्रदेश नं. २ को उम्मेदवार टुंगो लगाउन निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
साउन २९ गतेभित्र प्रदेश नं. २ को उम्मेदवार टुंगो लगाउन निर्देशन

सारांश

  • नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत प्रदेश नं.
  • २ मा हुने स्थानीय तहको निर्वाचनका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।
  • पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रदेश नं २ मा आगामी असोज २ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तय गरिसक्न पार्टीका स्थानीय संयन्त्रलाई निर्देशन दिएको हो ।

नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रदेश नं २ मा आगामी असोज २ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तय गरिसक्न पार्टीका स्थानीय संयन्त्रलाई निर्देशन दिएको हो ।

काँग्रेसले यसअघिको पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसारको परिपत्रबमोजिम प्रक्रिया पूरा गरी टुङ्गो लगाएर साउन २९ गतेभित्र उम्मेदवारको नामावली केन्द्रमा पठाउन प्रदेश नं २ का आठवटै जिल्ला पार्टी निकायलाई निर्देशन दिएको पार्टी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा छलफल भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि शिक्षा सेवा आयोगले लिने परीक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम गर्न सरकारसँग माग गरेको छ ।

यसबाट लामो समयदेखि अस्थायीरुपमा कार्यरत शिक्षकलाई स्थायी हुने अवसरका साथै मागबमोजिम शिक्षकलाई गोल्डेन ह्याण्डसेकबाट न्याय प्राप्त हुने काँग्रेसको विश्वास छ ।

बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दीलेन्द्रप्रसाद बडू र एनपी.साउदले आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
हेटौँडा उपमहानगरको मेयरमा गठबन्धन र एमाले उम्मेदवारबीच टक्कर
हेटौँडा उपमहानगरको मेयरमा गठबन्धन र एमाले उम्मेदवारबीच टक्कर
खेलको अन्ततिरको दुई गोलले रियल हारबाट जोगियो
खेलको अन्ततिरको दुई गोलले रियल हारबाट जोगियो
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
गरिबलाई धनि बनाउनु सहकारीको उदेश्य भए पनि सो अनुसार काम हुन सकेकाे छैन् : शिवराज सुवेदी
गरिबलाई धनि बनाउनु सहकारीको उदेश्य भए पनि सो अनुसार काम हुन सकेकाे छैन् : शिवराज सुवेदी
दुई छाक भात खानको लागि सांसदलाई दातृ निकायको सहयोग आवश्यक छैन् : दिनानाथ शर्मा
दुई छाक भात खानको लागि सांसदलाई दातृ निकायको सहयोग आवश्यक छैन् : दिनानाथ शर्मा
मोेदीलाई अभिनन्दन गर्न १ करोड २६ लाखको मञ्च! कस्तो होला
मोेदीलाई अभिनन्दन गर्न १ करोड २६ लाखको मञ्च! कस्तो होला
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार  होम प्रसाद ढकाल,,,,
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार होम प्रसाद ढकाल,,,,
महको चमत्कार !
महको चमत्कार !
केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर
केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर

तपाईंले छुटाउनुभयो कि?