वामदेवद्वारा दुई दिनभित्र एकता अभियान घोषणा हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २१, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुई दिनभित्र एकता अभियान घोषणा गर्ने भएका छन् ।
  • उनले त्यसका लागि लगभग तयारी पूरा गरिसकेको बुझिएको छ ।
  • गौतम निकट स्रोतका अनुसार पत्रकार सम्मेलन गरेर दुई दिनभित्र एकता अभियानको घोषणा हुनेछ ।

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुई दिनभित्र एकता अभियान घोषणा गर्ने भएका छन् । उनले त्यसका लागि लगभग तयारी पूरा गरिसकेको बुझिएको छ ।

गौतम निकट स्रोतका अनुसार पत्रकार सम्मेलन गरेर दुई दिनभित्र एकता अभियानको घोषणा हुनेछ । अभियानमा १५०१ सदस्यीय कमिटी हुनेछ । यसको संयोजक वामदेव गौतम स्वयं हुनेछन् ।

नेकपा विभाजन भएपछि कुनैपनि समूहमा नलागेका गौतमले अन्तिम समयसम्म एकताका लागि संघर्ष गर्ने बताइसकेका छन् । उनले त्यसका लागि दबाब दिन अभियान चलाउन लागेका हुन् । अभियानमा नेकपाको ओली र प्रचण्ड कुनैपनि समूहमा आवद्ध नभएकाहरु हुनेछन् ।

एकता अभियानमा रहनेहरुको नामावली संकलन गरिसकिएको बुझिएको छ । यसमा गौतमका निकटस्थहरु बढी रहनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?