पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
सारांश
- काठमाडौं, ५ साउन ।
- स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पाँच जना पत्रकारलाई प्रहरीले अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
- महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्रतापूर्वक संवैधानिक जिम्मेवारी बहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।
काठमाडौं, ५ साउन । स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पाँच जना पत्रकारलाई प्रहरीले अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्रतापूर्वक संवैधानिक जिम्मेवारी बहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।”
आज दिउँसो सरकारको विरोध गर्दै नेपाल तरुण दलले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निकालेको प्रदर्शनमा समाचार संकलन गरिरहेका पत्रकारहरुमाथि प्रहरीले लाठी, ढुंगा प्रहारका साथै कुटपिटसमेत गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीको आक्रमणबाट हाम्राकुरा डटकमका प्रधानसम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, राजधानी दैनिकका महेश्वर गौतम, न्यूज २४ टेलिभिजनका निवेशकुमार, दि हिमालयन टाइम्सका स्कन्द गौतम र प्रवीण महर्जन घाइते भएका छन् । प्रहरीको आक्रमणबाट घाइते भएका पत्रकारहरुको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
महासंघले विज्ञप्तिमा भनेको छ, “यो घटनाले सरकार प्रेसप्रति कति उदार छ भन्ने थप प्रष्ट्याएको छ ।” प्रहरीद्वारा प्रेसमाथि गरिएको यो ज्यादतीको कडा भत्र्सना गर्दै महासंघले प्रेसलाई निर्बाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
Bel Bahadur Thapa
अनिकालमा विउ र हुलमुलमा जिउ जाेगाउनु नि । रिसको वेला कसले वेदका मन्त्रहरू जप्दै ।ॐ शान्ति शान्ति शान्ति भन्दै हिडदैन ।