प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने

सारांश

  • काठमाडौं।
  • नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।
  • मंगलबार अपराहन्न बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

काठमाडौं। नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।मंगलबार अपराहन्न बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

ज्ञवालीले संसदका दुई ठुला दल सहमतिमा आएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्दै एमालेले प्रधानमन्त्रीलाई सो अवसर दिने र मार्गप्रशस्त नगरेमात्र थप निर्णय लिने बताए।

एमाले बैठकले कांग्रेससँग भएको सहमति स्वीकार गर्ने निर्णय गरेको बताउँदै उनले अन्य दललाई पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गर्ने निर्णय गरेको बताए,

योसँगै एमालेका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन्। प्रधानमन्त्रीले राजीनामा नगरेमा मात्र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार छोड्ने बताइएको छ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन्।

गएराती कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएसँगै वर्तमान सत्ता समीकरण भत्किएको थियो। सहमति अनुसार कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन्।  जसमा शुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजदूतबाट राजीनामा दिएर राजनीतिमै सक्रिय हुने निर्णय लिएको हुँ ।”दीपकुमार उपाध्याय
राजदूतबाट राजीनामा दिएर राजनीतिमै सक्रिय हुने निर्णय लिएको हुँ ।”दीपकुमार उपाध्याय
धुलोले क्षति पुगे निःशुल्क उपचार
धुलोले क्षति पुगे निःशुल्क उपचार
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
निर्मला पन्तको हत्या प्रकरण: छानबिन समितिकाे सदस्यमाथि अाक्रमण !
निर्मला पन्तको हत्या प्रकरण: छानबिन समितिकाे सदस्यमाथि अाक्रमण !
‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित
‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित
सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने
सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने
‘मैथिली भाषालाई कमजोर बनाउन हिन्दीमा सपथ’, भाषा विवाद
‘मैथिली भाषालाई कमजोर बनाउन हिन्दीमा सपथ’, भाषा विवाद
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन

तपाईंले छुटाउनुभयो कि?