अब त सबै जनजाति (जस्तै)भए: गृहमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अब त सबै जनजाति (जस्तै)भए: गृहमन्त्री थापा

सारांश

  • काठमाडाै, २४ वैशाख ।
  • गृहमन्त्री रामबहादुर थापाले संस्कृतिका नाममा कतिपय जनजाति समुदायका मानिसहरु विहानदेखि बेलुकीसम्म जाँड खाएर बस्ने गरेकोमा त्यो बानी अन्य समुदायमा पनि सरेको बताएका छन्।
  • लागू औषध र मदिरा विरुद्ध अभियान सञ्चालनको योजनामा रहेका गृहमन्त्री थापाले आइतबार गृहमन्त्रालयमा महिला नेतृहरुसँग मदिरा प्रयोग कसरी विस्तार हुँदैछ भन्ने सुनाउने उपरोक्त कुरा बताएका हुन्।

काठमाडाै, २४ वैशाख । गृहमन्त्री रामबहादुर थापाले संस्कृतिका नाममा कतिपय जनजाति समुदायका मानिसहरु विहानदेखि बेलुकीसम्म जाँड खाएर बस्ने गरेकोमा त्यो बानी अन्य समुदायमा पनि सरेको बताएका छन्।

लागू औषध र मदिरा विरुद्ध अभियान सञ्चालनको योजनामा रहेका गृहमन्त्री थापाले आइतबार गृहमन्त्रालयमा महिला नेतृहरुसँग मदिरा प्रयोग कसरी विस्तार हुँदैछ भन्ने सुनाउने उपरोक्त कुरा बताएका हुन्।

‘चियापनि जाँड, खानापनि जाँड, ब्रेकफाष्ट पनि जाँड लञ्च डिनर ब्रेकफाष्ट जम्मै जाँड हुन्छ’आइतबार विभिन्न पार्टीसम्बद्ध महिला नेतृहरुसँग अन्तरक्रिया गर्दै थापाले भने, ‘यस्तो पनि छ हाम्रो समाजमा, जनजातिहरुमा। अब त सबै जनजाति (जस्तै)भए।’

समाजमा फैलिएको मदिरा संस्कृतिविरुद्ध जनजागरण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै गृहमन्त्री थापाले कार्ययोजना अन्तर्गत गोष्टी, छलफल, र्‍याली, कार्यशालाहरु सञ्चालन गर्नुपर्ने बताए।

कानून उल्लंघन गरेका जाँड पसल र भट्टी पसलहरु सिज(कब्जा) गर्नुपर्ने बताएका उनले जँड्याहरुलाई समातेर आत्मालोचना गराउनुपर्नेमा जोड दिए। र, यसमा महिला बर्गले भूमिका खेल्नुपर्ने बताए।

सुनको कारोबारमा जस्तै लागू औषधका कारोबारीहरुले पनि संगठित नेक्सस बनाएको बताउँदै अहिल्यैदेखि सतर्क नहुने हो भने लागू औषध प्रयोगकर्ताहरुको संख्या नेपालमापनि बढ्दै जाने दावी उनले गरे।

ल्याटिन अमेरिकाका कतिपय देशमा लागू औषध कारोबारीहरुले कारोबारका लागि संगठन नै बनाएका र उनीहरुसँग फौज, हेलिकोप्टर समेत रहेको उनले सुनाए। ती मुलुकमा राज्यले यस्ता कारोबारी विरुद्ध युद्ध नै सञ्चालन गरेको बताए।

एकाध लाखमात्र लागू औषध प्रयोेगकर्ता नेपालमा रहेपनि नेपाल लागू औषधको ट्रान्जिट बनिसकेको उनले सुनाए। भने, ‘लागू औषध र मदिराले भ्रष्टाचारीलाई प्रश्रय दिएको छ। यसलाई नियन्त्रण गर्न हामी ६ महिने कार्यक्रम बनाउँदैछौं।’

लागू औषधको कारोबार गर्नेहरु अपराधी, राष्ट्रघाती भएको बताउँदै उनीहरुको भण्डाफोर गर्नुपर्नेपनि गृहमन्त्री थापाले बताए।

महिला नेतृहरुसँगको अन्तरक्रिया कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ramesh Katwal

    Mantri jiu eo ramro kam

    Comment Author

    Ramesh Katwal

    Des bikas ko lagi madira banda garnu parx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?