पाकिस्तानका पूर्व प्रधानन्त्री सरिफलाई पक्रन अदालतको आदेश
सारांश
- काठमाडौं।
- पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।
- दुई वटा भ्रष्टाचार मुद्दाको सुनुवाइको क्रममा अदालतले बोलाउँदा उपस्थित नभएको भन्दै पूर्व प्रधानमन्त्री सरिफको नाममा जमानति पक्राउ पुर्जी जारी गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएको छ ।
काठमाडौं। पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।
दुई वटा भ्रष्टाचार मुद्दाको सुनुवाइको क्रममा अदालतले बोलाउँदा उपस्थित नभएको भन्दै पूर्व प्रधानमन्त्री सरिफको नाममा जमानति
पक्राउ पुर्जी जारी गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएको छ ।
अफ सोर्स कम्पनीको सञ्चालन गरेको विषयमा पाकिस्तानी सर्वोच्च अदालतको जुलाई २० को फैसालपछि प्रधानमन्त्री पद छाडेका सरिफमाथि विभिन्न भ्रष्टाचार मुद्दामा सुनुवाइ भैरहेको छ । राष्ट्रिय उत्तरदायीत्व ब्युरो(एनएबी)ले दायर गरेको दुई वटा मुद्माको बयानका लागि सरिफ अदालतमा उपस्थित भएका थिएनन् ।
लन्डनमा उपचार गराइरहेकी बिरामी पत्निलाई भेट्न गएका सरिप अहिले साउदी अरब पुगेको उनको वकिले जानकारी गराएका थिए। सोही मुद्दामा अदालतमा छोरी मरियमले बयान भने दिएकी छिन् ।
नवाजका वकिलले एक साताको समय माग गरेका थिए। तर ब्युरोका सह अभियोजनकर्ताले सो मागलाई खारेज गर्दै पक्राउ पुर्जी जारी गर्न अदातललाई आग्रह गरेका थिए । दुवै पक्षको धारणा सुनेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रतिक्रिया