सप्तकोशी अस्पतालको डम्पिङ साइटमा मृत शिशु फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२० पटक हेरिएको
Shares
सप्तकोशी अस्पतालको डम्पिङ साइटमा मृत शिशु फेला

सारांश

  • काठमाडौं,साउन २४।
  •   प्रदेश १ को अस्थायी राजधानी विराटनगर को सप्तकोशी अस्पताल मा मृत्यु भएका नवजात शिशु डम्पिङ साइटमा फाल्ने गरेको पाइएको छ ।
  • सप्तकोशी अस्पतालको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको ‘वेस्टमेनेजमेन्ट प्रालि’का कर्मचारीले बुधबार फोहोर उठाउने क्रममा मृत अवस्थामा नवजात शिशु फेला पारेको हो ।

काठमाडौं,साउन २४।  प्रदेश १ को अस्थायी राजधानी विराटनगर को सप्तकोशी अस्पताल मा मृत्यु भएका नवजात शिशु डम्पिङ साइटमा फाल्ने गरेको पाइएको छ ।

सप्तकोशी अस्पतालको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको ‘वेस्टमेनेजमेन्ट प्रालि’का कर्मचारीले बुधबार फोहोर उठाउने क्रममा मृत अवस्थामा नवजात शिशु फेला पारेको हो ।अस्पतालको पछिल्तिर डम्पिङसाइट पर्छ।अस्पतालले रकम लिएर अवैध गर्भपतन गराउने र मृत्यु भएका नवजात शिशुलाई डम्पिङ साइटमा फाल्ने गरेको हुनसक्ने स्रोतको दाबी छ ।मृत शिशु छोरी भएको ले अवैध गर्भपतन गराएर फालेको हुनसक्ने समेत स्रोतले बताएको छ ।

फोहर सङ्कलनका लागि पुगेका कर्मचारी सञ्जय मरिक,अमर मरिक र चालक प्रमोद मण्डलले सालनाल सहितको शिशु फेला पारेका थिए । बिहान साढे नौ बजेतिर अस्पताल पुगेका वेस्ट मेनेजमेन्ट का कर्मचारीले भने, ‘फोहोर उठाउन खोज्दा प्लाष्टिकमा टाउको बेरिएको अवस्थामा शिशु फेला परेको बताए ।’खुट्टा मात्र बाहिर थियो । ‘अब के गर्ने भनेर हामी दोधारमा पर्यौ, हामीले हत्तपत्त अस्पताललाई जानकारी गरायौं । अनि हामीले प्रहरीलाई पनि खबर गर्यौ ।’उनीहरुले भने.

जिल्ला प्रहरी कार्यलय मोरङ र वडा प्रहरी कार्यलयबाट खटिआएको प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता निसान थापाले जानकारी दिए।‘हामीले अस्पतालका जिम्मेवारी व्यक्ती र शिशुको बारेमा अहिले अनुसन्धान गरिरहेका छौ, । घटनाको सत्यता पत्ता लगाई कानुनी प्रक्रियामा जाने प्रवक्ता थापाले बताए ।

सप्तकोशी अस्पतालका प्रशासनिक व्यवस्थापक विमल नेपालले भने  पेटभित्र नै मरेको बच्चा भएकाले फालिएको बताए । ‘सप्तरी घर भएकी सञ्जु चौधरीको २४ हप्ताको पेटभित्र रहेको बच्चा मरेको थियो’ –उनले भने । बिमलका अनुसार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर गीता कार्कीले हेरेको अल्ट्रासाउण्डमा नै मरेको भेटेपछि चौधरीको शल्यक्रिया गरी बच्चा निकालिएको थियो । सप्तरी घर भएकाले मृत शिशुलाई आफन्तले यतै नजिकै को  खोलामा लगेर शव विसर्जन गर्नू भनेको उनले बताए । तर स्वीपरले प्लाष्टिकमा बाँधेर फोहोर फाल्ने स्थानमा फालेछन्  उनले बताए ।

कुनैपनि अस्पतालले मृत शिशु खुल्ला रूपमा फाल्न नपाउने कानून रहेको प्रहरीको भनाइ छ ।मृत अवस्थामा भेटिएको शिशु छोरी भएको र सोही कारण अवैध रूपमा गर्भपतन गरेर फालिएको हुनसक्ने प्रहरीकोअनुमान छ । सोहीअनुसारको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह
आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह
राष्ट्रपति भण्डारी द्वारा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपति भण्डारी द्वारा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत
लिभरपुलसँग युनाइटेड पराजित
लिभरपुलसँग युनाइटेड पराजित
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
पाकिस्तानको शानदार जित, दक्षिण अफ्रिकाको सेमिफाइनल दौड समाप्त
पाकिस्तानको शानदार जित, दक्षिण अफ्रिकाको सेमिफाइनल दौड समाप्त
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य, एक सय ८० दिनमा ६५ बैठक
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य, एक सय ८० दिनमा ६५ बैठक
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा
माधव नेपाल घरदैलो र मतदाता भेटघाट मा व्यस्थ
माधव नेपाल घरदैलो र मतदाता भेटघाट मा व्यस्थ

तपाईंले छुटाउनुभयो कि?