सुरक्षाका लागि खटिएका प्रहरी कै अगाडि बम बिस्फोट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
५७ पटक हेरिएको
Shares
सुरक्षाका लागि खटिएका प्रहरी कै अगाडि बम बिस्फोट

सारांश

  • बागलुङ , मंसिर ५  सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादवी खड्काको बागलुङ बजारस्थित घरमा बम बिस्फोट भएको छ ।
  • खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चोक स्थित निवासमा गएराति  बम विस्फोट भएको हो ।
  • विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति नभएकाे जानकारि  प्रप्त भएकाे छ ।

बागलुङ , मंसिर ५  सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादवी खड्काको बागलुङ बजारस्थित घरमा बम बिस्फोट भएको छ । खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चोक स्थित निवासमा गएराति  बम विस्फोट भएको हो ।

विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति नभएकाे जानकारि  प्रप्त भएकाे छ ।

निर्वाचनको संघारमा गरिएको बम विष्फोटन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ । यद्यपी यसको पुष्टी भने भएको छैन ।

राज्यमन्त्री खड्का सोमबारको चुनावी अभियान,सकेर राति मात्रै घर आएकी थिइन् । उनको घरमा नियमित रुपमा प्रहरी सुरक्षाका लागि खटिए पनि कसरी बम बिस्फोट भने भन्ने प्रश्न समेत उठेको छ । यसबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।

विस्फोटपछि राज्यमन्त्री खड्काले लोकतन्त्रको रक्षा र महिला अधिकारको लडाइ बम आतंकले नरोकिने बताइन् ।

पछिल्लाे समयमा   देशैभरि चुनावकाे मुखमा बम पड्काउने गतिबिधि बढिरहेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ’
‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ’
राेचक समाचार : बिजुलीको तारले खोसिएको खुसी
राेचक समाचार : बिजुलीको तारले खोसिएको खुसी
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
​ सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली
​ सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली
शिवपुरमा महायज्ञ सुरु,  गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड
शिवपुरमा महायज्ञ सुरु, गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड
व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन
व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन
सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै
सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै
तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता
तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !