नेपाल शेर्पा संघको अध्यक्षमा ङवाङ सोनाम शेर्पाको उम्मेद्वारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
४३ पटक हेरिएको
Shares
नेपाल शेर्पा संघको अध्यक्षमा ङवाङ सोनाम शेर्पाको उम्मेद्वारी

सारांश

  • नेपाल शेर्पा संघको पौष ४ गते देखि हुने महाधिवेशनमा ङवाङ सोनाम शेर्पाले अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् ।
  • बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ङवाङले उम्मेदवारी घोषणा गरेका हुन् ।
  • संघका बहालवाला महासचिव ङवाङलाई निवर्तमान अध्यक्ष पेमा छिरी शेर्पा, सल्लाहकार आङछिरिङ शेर्पा, निमी शेर्पा, पूर्व महासचिव ङिमा तेण्डुप शेर्पा, सदस्य छिरिङ ओङदी शेर्पालगायतले समर्थन गरेका छन् ।

नेपाल शेर्पा संघको पौष ४ गते देखि हुने महाधिवेशनमा ङवाङ सोनाम शेर्पाले अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ङवाङले उम्मेदवारी घोषणा गरेका हुन् ।

संघका बहालवाला महासचिव ङवाङलाई निवर्तमान अध्यक्ष पेमा छिरी शेर्पा, सल्लाहकार आङछिरिङ शेर्पा, निमी शेर्पा, पूर्व महासचिव ङिमा तेण्डुप शेर्पा, सदस्य छिरिङ ओङदी शेर्पालगायतले समर्थन गरेका छन् ।

कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै ङवाङ सोनाम शेर्पाले आफू सकेसम्म सर्वसम्मतबाट चयन हुनेतर्फ बढिरहको र नभएमा अत्याधिक बहुमतले विजयी हुने बताए । संघ सामाजिक संस्था भएकाले यसमा राजनीति नगर्न आग्रह गरे । सामाजिक संस्थालाई राजनीतिक थलो नबनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले भने, ‘यसलाई हामी सबैले शेर्पाहरुको साझा थलोका रुपमा अझ विकास गर्छौं ।’ उनले सबैलाई समेटेर जान आफू निरन्तर सक्रिय रहेको बताए । आफ्नो उम्मेदवारीको समर्थनमा शेर्पा संघका वर्तमान र पूर्व पदाधिकारीहरु समेत रहेको बताए । शेर्पाहरुको धर्म संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नका साथै विकास गर्न आफूले विशेष भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।

शेर्पा समुदायलाई देशको सबै क्षेत्रको मूलधारमा प्रवाहीकरण गर्न कार्यक्रम अगाडि सार्ने बताए । ङवाङले भने, ‘शेर्पा समुदाय अहिलेसम्म न्यायाधीश बन्न सकेका छैनन्, प्रहरीमा उच्च पदमा पुगेका छैनन्, निजामतीको उच्च पदमा पुग्न सकेका छैनन् र सेनाको उच्च तहमा छैनन् ।’ युवाहरुलाई सशक्त बनाउन आफूले प्रभावकारी कार्यक्रम ल्याउने समेत बताए । उनले सम्पुर्ण शेर्पाहरुको हकहितको लागि दुरदराजमा रहेका शेर्पाहरुलाई राज्यको मुलधारमा ल्याउन पहलकदमी गर्ने पनि बताए । ‘हिमाल भन्नु नै नेपाल र नेपाल भन्नु नै हिमाल हो भन्ने पनि प्रमाणित गर्नलाई मेरो उम्मेदवारी हो,’ उनले भने ।

शेर्पा संघका पूर्व अध्यक्ष पेमा छिरिङ शेर्पाले ङवाङ सोनाम शेर्पाको उम्मेदवारीको समर्थन गर्दै उनमा नेतृत्व क्षमता रहेको बताए । सबैलाई मिलाएर लान सक्ने भएकाले ङवाङ सक्षम र सशक्त उम्मेदवार भएको जननकारी दिए । छरिएर बसेका शेर्पाहरुलाई एकताको शुत्रमा बाध्न, शेर्पाहरुको हक अधिकार सुनिश्चिन गर्न ङवाङलाई जिताउनुपर्ने बताए ।

नेपाल शेर्पा संघको सल्लाहकार आङ छिरिङ शेर्पाले शेर्पा संघ विशुद्ध सामाजिक संस्था भएकाले यसमा राजनीतीकरण गर्नुहुदैन भन्दै केही अग्रजहरुले विभाजन ल्याउन खोजिरहेकोमा असन्तुष्टि व्यक्त गरे । उनले शेर्पा समुदायमा विभाजन र राजनीतिक हस्तक्षेप नगर्न पनि आग्रह गरे ।

संघका पूर्व महासचिव ङिमा तेण्डुप शेर्पाले ङवाङसँग सबैलाई मिलाएर जानसक्ने क्षमता देखाइसकेको बताए । महासचिव हुँदा राज्यको सम्बन्धित निकायमा शेर्पा समुदायको मागको सम्बोधन गराउन विशेष भूमिका खेलेर क्षमता देखाइसकेको जानकारी दिए ।

नेपाल शेर्पा महिला संघकी अध्यक्ष तथा नेपाल शेर्पा संघकी सल्लाहाकार निमी शेर्पाले ङवाङ हरेक पक्षबाट योग्य र सबै शेपोहरुको समस्या बुझ्न सक्ने क्षमताको भएकाले नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिइन् । उनले शेर्पा समुदायलाई एकजुट भएर अगाडि बढ्न समेत आग्रह गरिन् ।

नेपाल शेर्पा संघका सदस्य छिरिङ ओङ्दी शेर्पाले ङवाङ शेर्पालाई सर्वसम्मतले विजयी गराउनुपर्ने बताइन् । सबै मिलेर सही नेतृत्व चयन गरेर जानुको विकल्प नभएको बताए ।

४ पौष शुक्रबारबाट हुन गइरहेको नेपाल शेर्पा संघको छैठो महाधिवेशन काठमाडौ स्थित बौद्धमा हुनगइरहेको छ । पौष ४ र ५ गते हुने महाधिवेशनको उद्घाटन भोलि ११ बजे उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले गर्दैछन् । ६ सयको हाराहारीमा मतदाता हुने अधिवेशनले चार वर्षे कार्यकालका लागि ३७ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जी–ट्वान्टी सम्मेलनमा अमेरिका र चीनबीचको व्यापार युद्ध केन्द्रमा
जी–ट्वान्टी सम्मेलनमा अमेरिका र चीनबीचको व्यापार युद्ध केन्द्रमा
गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले
गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले
उपराष्ट्रपति निर्वाचन : ‘संविधानको सर्वाेच्चता र रक्षा नै प्रमुख कार्यभार हो’
उपराष्ट्रपति निर्वाचन : ‘संविधानको सर्वाेच्चता र रक्षा नै प्रमुख कार्यभार हो’
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
प्रचण्डलाई पदमको थप्पड रतनको जुत्ता प्रहार
प्रचण्डलाई पदमको थप्पड रतनको जुत्ता प्रहार
नारी दिवसकै दिन अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’
नारी दिवसकै दिन अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’
आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
सरकारले भ्रष्टाचारीलाई छाेड्दैन : प्रधानमन्त्री ओली
सरकारले भ्रष्टाचारीलाई छाेड्दैन : प्रधानमन्त्री ओली
नारायणगढ मुग्लिन सडक सहज
नारायणगढ मुग्लिन सडक सहज
कोरोनाभाइरसबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययनको निष्कर्ष सार्वजनिक
कोरोनाभाइरसबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययनको निष्कर्ष सार्वजनिक