‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’: गृहमन्त्री थापा
सारांश
- पोखरा, ३१ वैशाख।
- चर्चित सुन तस्करी प्रकरणका अरु पात्र पनि छिट्टै बाहिर आउने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।
- पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सुनकाण्डमा आएका पात्रको बयान र अनुसन्धान जारी रहेको बताउँदै अन्य पात्र पनि बाहिर आउने बताएका हुन् ।
पोखरा, ३१ वैशाख। चर्चित सुन तस्करी प्रकरणका अरु पात्र पनि छिट्टै बाहिर आउने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।
पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सुनकाण्डमा आएका पात्रको बयान र अनुसन्धान जारी रहेको बताउँदै अन्य पात्र पनि बाहिर आउने बताएका हुन् ।
‘सुन काण्डका धेरै पात्र बाहिर आउन सक्छन् । धेरै जना फरार छन्,’ गृहमन्त्री थापाले भने, ‘यो अन्त्य होइन, सुरुवात मात्र हो ।’गृहमन्त्री थापाले यो त एउटा केस मात्र भएको बताएका छन् ।
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’ गृहमन्त्री थापाले भने, ‘थुप्रै प्रकारका तस्करी भइरहेका छन् । त्यसको अब बिस्तारै अन्त्य हुन्छ ।’
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Tilak Gaire
sahi kura
Hem Kumar Rai
अाफ्नाे छाेराहरुकाे प्रहरी सरुमा देखाईकाे दादागिरी छिटै अन्तहाेस्।
यादब राजगुरु सल्यानि
सबै तस्करी हरुलाई खरानी पार्नूहोस् गृहमन्त्री ज्यू जन्ता तपाईं को साथमा छन्