पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
५० पटक हेरिएको
Shares
पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

सारांश

  • क्वेटा, पाकिस्तान, २९ चैत ।
  • पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् ।
  • बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन् ।

क्वेटा, पाकिस्तान, २९ चैत । पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् ।

बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन् । ती आठ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन् ।

सहजै पहिचान गर्न सकिने मध्य एसियाली हजारा समूदायमाथि सुन्नी विद्रोही समूहले बेलाबखत आक्रमण गर्ने गरेका छन् । सुन्नी समुदायले हजारा समुदालाई धर्मविरोधीको आरोप लगाउने गर्दछन् ।
बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा नजिकको हजारगन्जीमा सो विस्फोट भएको वरिष्ठ प्रहरी अधिकृत अब्दुल रजाक चिमाले बताउनुभयो ।

बम विस्फोट भएको सो क्षेत्र रगताम्य भएको र घाइतेहरुले सहयोगका लागि रुवाबासी गरेको एएफपीका एक समाचारदाताले बताएका छन् ।

यस आक्रमणको कुनै पनि समूहले शुक्रबार बिहानसम्म जिम्मा लिएको छैन । क्वेटा शहरको कूल जनसंख्या २३ लाखमध्ये पाँच लाख हजारा समूहका व्यक्तिहरु छन् ।

हजाराहरुलाई लडाकू समूहले प्रायः आक्रमण गर्ने गरेका र फलफूल बजार आउँदा पनि प्रहरीले सुरक्षा दिने गरेको प्रहरी प्रमुख बटले जानकारी दिनुभयो ।

पाकिस्तानको उत्तरपश्चिम शहर पेसावरमा अवस्थित एक सैनिक विद्यालयमा सन् २०१४ तालिबान लडाकू समूहले गरेको भीषण आक्रमणपछि पाकिस्तानमा उल्लेखनीय रुपमा हिंसा घटेको अनुमान गरिँदै आएको थियो । यस आक्रमणमा बालबालिका सहित १५० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो
बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख
अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?
सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
What exactly Sugar Baby?
गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?