गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले गरिबी, असमानता तथा जलवायु परिवर्तनजस्ता कैयौं चुनौतीको सामना गर्नुपरेको बताउँदै नियन्त्रण गर्न विश्वव्यापी एवं क्षेत्रीय प्रयास चाहिने बताएका छन् ।
- दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा आएको शुभकामना सन्देशमा सार्कको अध्यक्षका नाताले नेपाल परराष्ट्र नीतिको प्राथमिकताअनुरुप सार्कको बडापत्र, यसका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले गरिबी, असमानता तथा जलवायु परिवर्तनजस्ता कैयौं चुनौतीको सामना गर्नुपरेको बताउँदै नियन्त्रण गर्न विश्वव्यापी एवं क्षेत्रीय प्रयास चाहिने बताएका छन् ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा आएको शुभकामना सन्देशमा सार्कको अध्यक्षका नाताले नेपाल परराष्ट्र नीतिको प्राथमिकताअनुरुप सार्कको बडापत्र, यसका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
“दक्षिण एशिया साझा इतिहास, साझा सामाजिक संरचना तथा सांस्कृतिक सम्पदा र भौगोलिक निकटताले एकसाथ जोडिएको छ, विकासका लागि यहाँ उपलब्ध अथाह सम्भावना र अवसरले सँगसँगै अघि बढ्न र सहकार्यका निम्ति थप गति प्रदान गरेको छ,” सन्देशमा उल्लेख छ ।
सन्देशमा दक्षिण एशियामा क्षेत्रीय सहयोगको विकल्प नभएर अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै दक्षिण एशियाली देशको साझा मञ्च सार्कले सदस्य राष्ट्रबीच समझदारी अभिवृद्धि, विकास र समृद्धिका निम्ति मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको उल्लेख छ ।
सार्कलाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्नुपर्ने बताएका छन् । सार्क बडापत्रले आर्थिक समृद्धिदेखि सामजिक, सांस्कृतिक विकास, सदस्य राष्ट्रको साझा लाभ र हितजस्ता महत्वपूर्ण उद्देश्यलाई सम्मिलित गराएको बताउँदै त्यसका सिद्धान्तले दक्षिण एशियामा क्षेत्रीय सहयोगका निम्ति सुदृढ आधार खडा गरेको उल्लेख छ ।
प्रतिक्रिया