पर्यटक लोभ्याउँदै भुजिकोट

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
पर्यटक लोभ्याउँदै भुजिकोट

सारांश

  • जिल्लामा पछिल्लो समय ग्रामीण पर्यटनले गति लिँदै गएको छ ।
  • स्थानीय कला, संस्कृति प्रस्तुत गरी तनहुँका गाउँहरु होमस्टेको माध्यमबाट आर्थिक रुपमा समृद्ध बन्न थालेसँगै भुजिकोटको पर्यटन प्रवर्द्धन गर्न स्थानीय जुटेका छन् ।
  • पर्यटकीय सम्भावना बोकेका ठाउँहरुमा विभिन्न समुदायले गाउँमा होमस्टे सञ्चालन गरी आम्दानीको श्रोतमा वृद्धि गर्नुका साथै पर्यटन विकासमा समेत टेवा पुर्याएको छ ।

जिल्लामा पछिल्लो समय ग्रामीण पर्यटनले गति लिँदै गएको छ । स्थानीय कला, संस्कृति प्रस्तुत गरी तनहुँका गाउँहरु होमस्टेको माध्यमबाट आर्थिक रुपमा समृद्ध बन्न थालेसँगै भुजिकोटको पर्यटन प्रवर्द्धन गर्न स्थानीय जुटेका छन् ।

पर्यटकीय सम्भावना बोकेका ठाउँहरुमा विभिन्न समुदायले गाउँमा होमस्टे सञ्चालन गरी आम्दानीको श्रोतमा वृद्धि गर्नुका साथै पर्यटन विकासमा समेत टेवा पुर्याएको छ । दगाम भुजीकोटका स्थानीयहरु यतिखेर पर्यटक लोभ्याउन विभिन्न सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यहरु मार्फत् होमस्टेलाई प्रभावकारी बनाउन थालेका छन् ।

तनहुँको बन्दिपुर पछि पर्यटकहरुको उपयुुक्त गन्तब्य बन्दै गएकोे शुक्लागण्डकी नगरपालिका २ मा रहेको भुजिकोटमा अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । रमणीय ठाउँ र घुम्नको लागि अत्यन्त मनमोहक दृश्य अवलोकनका साथ उपयुक्त मानिएको भुजिकोट पछिल्लो समय पर्यटकको रोजाइमा परेको हो ।

भ्यू टावरबाट प्रदेश ४ मा पर्ने जिल्लाका केही भाग देख्न सकिने हुँदा अहिले भुजिकोट पर्यटकको रोजाइमा परेको छ । त्यस्तै रमणीय ठाउँहरुको अवलोकन गर्नुका साथै विभिन्न हिम श्रृङ्खला नियाल्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटक यसतर्फ आकर्षित हुँदै गएका छन् ।

बिदाको दिनमा १५० भन्दा बढि
भ्यु टावरमा चाडपर्व र छट्टीको समयमा पर्यटकको घुइँचो लाग्ने गर्दछ । सार्वजनिक विदाको दिनमा १ सय ५० भन्दा बढी पर्यटकहरु त्यहाँ पुग्ने गरेको भूजिकोट भ्यू टावर समितिका सदस्य भक्त गुरुङ्गले जानकारी दिए ।

‘दैनिक २० देखी ३० जना पर्यटक भूजिकोट भ्यू टावरमा आउने गरेका छन्’ उनले भने ‘बिदाको दिनमा त सय भन्दा बढीको संख्यामा आउछन्, अझै बढि प्रचारप्रसार गर्न सकेमा पर्यटकको संख्यामा वृद्धि हुनेछ ।’

भुजिकोटमा रहेको भ्यु टावरबाट तनहुँ लगायत कास्की, लमजुङ्ग, गोर्खा र नवपरासीका केही ठाउँ देखिनुका साथै माछापच्छ«े, अन्नपुर्ण, धौलागिरी लगायतका दर्जनाैँ हिम श्रृङ्खलाले पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ । दुलेगौंडा बजारबाट एक घन्टाको मोटर मार्गबाट सजिलै पुग्न सकिने भुजीकोटमा पर्यटक पुग्ने बित्तिकै खुशी हुने गरेको स्थानीयको भनाई छ ।

अधिकांश आन्तरिक पर्यटकहरु आउने गरेकोमा बढी मात्रामा युवायुवतीहरु आउने गरेका छन् । पर्यटकीय गन्तव्य बनेको भुजिकोटमा दुलेगौडा बजार ईकाई समितीको पहलमा भ्यू टावर निर्माण भएपछी पर्यटकहरुको संख्या बढ्न थालेको हो ।

होमस्टेमा रमाउन दगाम
पर्यटकहरु आवागमनमा बृद्धि भएपछि अहिले यहाँका स्थानीयहरु घरबास कार्यक्रम (होम स्टे)लाई प्रभावकारी रुपमा अघि बढाउने तयारीमा जुटेका छन् । भुजिकोट पुग्ने पर्यटकहरु अहिले होमस्टेमा रमाउन नजिकै रहेको दगाम पुग्ने गरेका छन् । विभिन्न स्थानहरुबाट गत वर्ष करिव ८ सय आन्तरिक पर्यटकहरु दगाम होमस्टेमा बास बसेको होमस्टे ब्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर थापाले जानकारी दिए ।

‘गएको बर्ष घुम्न आएका आन्तरिक पर्यटक आठ सय भन्दा बढी दगाम होमस्टेमा बसेका थिए,’ उनले भने ‘यस बर्ष अझै बढी बढाउनको लागी होमस्टेमा खान र रमाउनका लागी छुट्टै प्याकेजको तयारी गर्दै छौं ।’

उनले गत वर्ष होमस्टे कार्यक्रम त्यति प्रभावकारी बनाउन नसकेको भन्दै यसवर्ष प्रत्येक घरसँग समन्वय गरि पर्यटकलाई आकर्षित पार्न विभिन्न मनोरञ्जन दिने संस्कृति र परम्परागत नाच प्रस्तुत गरिने बताए ।

स्थानीय उत्पादन र मौलिक संस्कृति
होमस्टेमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने योजना छ । स्थानीय उत्पादनका परिकारका स्वाद दिने र मौलिक मगर सस्कृतीमा प्रचलित कौडा नृत्य प्रस्तुत गरिने छ ।

प्रचारप्रसारको कमि
पर्यटकिय रुपमा प्रचुर सम्भावना बोकेको यस क्षेत्रले बाह्य पर्यटकहरुलाई भने आकर्षित गर्न सकिरहेको छैन । आन्तरिक पर्यटकहरुको महत्वपूर्ण गन्तब्य बन्दै गएको भूजिकोटलाई आवश्यक प्रचार गर्न नसक्दा तुलनात्मक रुपमा पछि परेको शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष जगतबहादुर गुरुङ्गले बताए । ‘भूजिकोटलाई पर्यटकीय गन्तब्य बनाउनको लागि स्थानीयहरु एकजुट भएका छन्, प्रदेश ४ कै सम्भावना बोकेको ठाउँ हो भुजिकोट, उनले भने पोखरामा आएका बाह्य पर्यटकहरु जिल्ला भित्र्यानका लागि पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको खाँचो भएकाले यसतर्फ केन्द्रित हुनेछाैँ ।’

पर्यटक तान्न दौड
यस क्षेत्रमा प्रचार प्रसारको लागि नयाँ वर्षको अवसरमा बाघ भैरव युवा क्लव भुजिकोटले दौड प्रतियोगिता समेत आयोजना गरेको थियो । दौड प्रतियोगिताले प्रचारप्रसारले पर्यटक भित्र्याउन सहयोग पुर्याएको छ ।
भ्यू टावर ब्यवस्थापन समितिले दृश्य अवलोकन गर्ने पर्यटकहरुको लागि न्युनतम प्रवेश शुल्क लिँदै आएको छ ।

मौलिक खानाका परिकार
होमस्टेमा आउने पर्यटकहरुलाई कोदोको रोटि, गुन्द्रुक, न्युरो, भटमास, लोकल कुखुरा तथा ढेडोको परिकार खान दिइने छ । पाहुनाहरुले अर्गानिक खानाका साथै गाउँको परम्परागत खानेकुराको स्वाद लिन पाउने छन् ।

आम्दानी हुने
पर्यटकहरु धेरै भन्दा धेरै भुजीकोटमा भित्र्याउन सकेमा ग्रामीण भेगका गाउँको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्नेछ । होमस्टेका कारण स्थानीय गाउँबासीको आर्थिक स्तर वृद्धि हुनुका साथै आम्दानीको श्रोत पनि बढ्दै जानेछ ।

शुक्ला गण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले भुजिकोटको पर्यटन प्रवद्र्धनमा आफू प्रतिवद्ध रहेको बताए । ‘पोखराको नजिक पर्ने भएकाले भुजिकोट पर्यटकको रोजाइमा पर्दै गएको छ,’ उनले भने ‘अहिले आन्तरिक पर्यटकहरु बढी भित्रिने गरेका छन्, पर्यटकीय नगरीको नजिकै रहेपनि प्रचारप्रचारको अभावमा बाह्य पर्यटक त्यहाँ पु¥याउन सकिएको छैन, त्यसका लागि सबै जुट्नुपर्छ ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,☀ αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको आदेशः भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्नू
सर्वोच्चको आदेशः भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्नू
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
राति गहिरो निन्द्रा लाग्दैन ? यी चीजहरूले तपाईंलाई मद्दत गर्न सक्छन्
राति गहिरो निन्द्रा लाग्दैन ? यी चीजहरूले तपाईंलाई मद्दत गर्न सक्छन्
प्रदेश ४ को हिउँदे अधिबेसन अन्त्य, नीति तथा कार्यक्रम र बजेट पास
प्रदेश ४ को हिउँदे अधिबेसन अन्त्य, नीति तथा कार्यक्रम र बजेट पास
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
फेरि राजधानीकै होटलमा युवतीमाथि सामूहिक बलात्कार
फेरि राजधानीकै होटलमा युवतीमाथि सामूहिक बलात्कार
घरमै सुत्केरी हुँदा चेपाङको मृत्यु
चुनावलाई प्रभावित पारित हुन्न : नेता पौडेल
चुनावलाई प्रभावित पारित हुन्न : नेता पौडेल
आज शनिवार कति छ विदेशी मुद्राको विनिमयदर ?
आज शनिवार कति छ विदेशी मुद्राको विनिमयदर ?

तपाईंले छुटाउनुभयो कि?