रात्री क्लव बाहिर गोली चल्यो एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
३० पटक हेरिएको
Shares
रात्री क्लव बाहिर गोली चल्यो एकजनाको मृत्यु

सारांश

  • एजेन्सी ।
  • अष्ट्रेलियाको लोकप्रिय रात्रीक्लव बाहिर गोली चल्दा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
  • प्रहरीले मेलबर्नस्थित लभ मेसिन रात्रीक्लव बाहिर भएको यस गोलीकाण्डमा चार जनामाथि गोली लागेको जनाएको छ ।

एजेन्सी । अष्ट्रेलियाको लोकप्रिय रात्रीक्लव बाहिर गोली चल्दा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । प्रहरीले मेलबर्नस्थित लभ मेसिन रात्रीक्लव बाहिर भएको यस गोलीकाण्डमा चार जनामाथि गोली लागेको जनाएको छ । गोली लागेकामध्ये तीन जना सुरक्षा गार्ड रहेका छन् ।

रात्रिक्लब बाहिर रमाइलो गरिरहेका व्यक्तिमाथि सडकमा रोकिराखेको कारबाट गोली प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भिक्टोरिया प्रहरी अधिकृत एन्ड्रु स्टाम्परले भन्नुभयो, “यो निकै भयानक कार्य हो । यो व्यस्त रात्रिक्लब हो, मेलबर्नको मुख्य मनोरञ्जन क्लब पनि हो ।”

गोली लागेका ३७ वर्षीय सुरक्षा गार्डको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । अर्का २८ वर्षीय व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर छ भने २९ वर्षीय र ५० वर्षीय अरु दुई जनाको अवस्था सामान्य रहेको छ, प्रहरीले जनाएको छ ।

एक जना प्रहरी प्रवक्ताले यो गोलीकाण्ड आतङ्कवादसँग सम्बन्धित नदेखिएको बताएका छन् । अनुसन्धाताहरुले मोटरसाइकलमा हिँडेको अराजक झुण्डले गोली चलाएको आशंकामा छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

गत मार्चमै मेलबोर्नमा भएको गोलीकाण्डमा पाँच जनाको ज्यान गएको थियो । अस्ट्रेलियामा ठूलो जनसमूहमाथि गोली चलाउने प्रवृत्ति हालसम्म देखिएको छैन । पोर्ट आर्थरमा एक जना बन्दुकधारीले ३५ जनाको निर्मम हत्या गरेपछि सन् १९९६ देखि अस्ट्रेलियामा बन्दुकसम्बन्धी कठोर कानुन ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?