पाटन नगरपालिका क्षेत्र आजदेखि सिल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २९, २०७७
|
|
२५ पटक हेरिएको
Shares
पाटन नगरपालिका क्षेत्र आजदेखि सिल

सारांश

  • पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ ।
  • नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।
  • नगरपालिकाभित्र समुदाय स्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो ।

पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।

नगरपालिकाभित्र समुदाय स्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो । नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द रहेका छन् । यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलनमा पनि रोक लगाइएको छ । यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?