सुरु भयो रसुवागढी–काठमाडौँ रेलमार्गको अध्ययन, तीन महिनामा सकिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सुरु भयो रसुवागढी–काठमाडौँ रेलमार्गको अध्ययन, तीन महिनामा सकिने

सारांश

  • काठमाडौँ, ८ जेठ ।
  • रसुवागढी–काठमाडौँ रेलमार्गको अध्ययन तीन महिनामा सकिने गरी सुरु गरिएको छ ।
  • यही जेठ ६ गते नेपाल आएको चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको स्थलगत अध्ययन सुरु गरेको हो ।

काठमाडौँ, ८ जेठ । रसुवागढी–काठमाडौँ रेलमार्गको अध्ययन तीन महिनामा सकिने गरी सुरु गरिएको छ ।

यही जेठ ६ गते नेपाल आएको चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको स्थलगत अध्ययन सुरु गरेको हो ।

वैशाख दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी सहितको उच्च सरकारी टाली रेलमार्ग निर्माण सम्बन्धी अध्ययन गर्न चीन गएको थियो । त्यतिबेला भएको सहमति अनुसार नै चिनियाँ टोली नेपाल आएका हुन् ।

रेल विभागको संयोजनमा चिनियाँ अधिकारीले रेलमार्गको अध्ययन शुरु गरेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।हालको अध्ययनबाट रेलमार्ग निर्माणको एउटा महत्वपूर्ण खाका तयार हुने विश्वास लिइएको छ । आगामी अगष्टसम्म केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको छ । यसअघि नेपालमा रेलमार्ग निर्माणका विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनको सियानमा उच्चस्तरीय छलफल तथा भेटवार्ता भएको थियो ।

सचिव अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी काठमाडौँ आएका हुन् । रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इञ्जिनियर उपाध्यायका अनुसार चिनियाँ रेल प्रशासनका उच्च अधिकारीसहितको टोलीले काठमाडौँमा रेल स्टेशन रहने स्थान र रसुवाका विभिन्न क्षेत्रमा अध्ययन शुरु गरेको छ ।

हालका सभामुख एवं तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ सालको भदौ अन्तिम साता गरेको चीन भ्रमणका क्रममा नेपालमा रेलमार्ग विस्तारबारे सघन पहल गरेका थिए । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र विदेशमन्त्री वाङ यीलगायतका नेतासँग रेलमार्ग निर्माणका बारेमा छलफल भएको थियो ।

सो छलफललगत्तै चिनियाँ रेल प्रशासनको उच्च टोलीले केरुङ–काठमाडौँं र काठमाडौंँ– पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनपश्चात् नेपालमा रेलमार्ग निर्माण गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।

यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यही वैशाखको पहिलो साता गरेको चीन भ्रमणका क्रममा समेत रेलमार्ग निर्माण तथा विस्तारका बारेमा महत्वपूर्ण छलफल एवं विचार विमर्श भएको थियो । सोही छलफल र विचार विमर्शका आधारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारी र रेल विभागका अधिकारी चीन भ्रमणमा गएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन चिनियाँ अधिकारी समक्ष आग्रह गरेका थिए ।

नेपाली सीमा रसुवागढीदेखि काठमाडौंँसम्मको रेलमार्ग करीब एक सय किलोमिटर लामो हुनेछ । करीब एक घण्टाको यात्रामा रसुवागढीबाट काठमाडौँ आइपुगिने प्रारम्भिक अध्ययनमा देखिएको छ । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्नेछ । सोही रेलमार्ग काठमाडौँबाट कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्को लाइन लुम्बिनी जाने गरी प्रारम्भिक अध्ययन गरिएको छ ।

रेलमार्गमा सुरुङ र पुलको संख्या बढी हुनेछ । सो रेलमार्गमा ६ वटासम्म स्टेशन रहने बताइएको छ । प्रारम्भिक अध्ययन सकिएपछि रेलमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तथा लगानीको स्वरुप र ढाँचाका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी छ ।

यस्तै काठमाडौँ उपत्यकामा पनि मोनोरेल चलाउन चिनियाँ कम्पनीले प्रस्ताव गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । चक्रपथमा मोनोरेल चलाउन काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसँग चिनियाँ कम्पनीले प्रस्ताव गरेको हो । सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

सरकारको नीति तथा कार्यक्रममा मेची–महाकाली रेलमार्ग, काठमाडौँ– वीरगन्ज रेलमार्ग तथा रसुवागढी– काठमाडौँ– पोखरा– लुम्बिनी रेलमार्ग निर्माण अगाडि बढाउने विषय समेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै
सभामुखलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
5 Benefits of Dancing
5 Benefits of Dancing
रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान
रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान
सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ
सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ
गोरु जुधाएर रमिता, ४५ हल गोरु घम्साघम्सी
गोरु जुधाएर रमिता, ४५ हल गोरु घम्साघम्सी
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
नागढुङ्गामा सुरुङ खन्न रोकियो
नागढुङ्गामा सुरुङ खन्न रोकियो
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणामा

तपाईंले छुटाउनुभयो कि?