एसिया कप क्रिकेटः सन्दिपको जित, नेपालको हार !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३२ पटक हेरिएको
Shares
एसिया कप क्रिकेटः सन्दिपको जित, नेपालको हार !

सारांश

  • काठमाडौँ, १९ भदौ ।
  • एसिया कप छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपाल हंकं सँग ३ विकेटले पराजित भएको छ ।
  • सन्दिप लामिछानेले एक्लै ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।

काठमाडौँ, १९ भदौ । एसिया कप छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपाल हंकं सँग ३ विकेटले पराजित भएको छ । सन्दिप लामिछानेले एक्लै ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।

९६ रनको झिनो लक्ष्य पछ्याएको हंकंले ३२ औँ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटाएको हो । हंकंकालागि कप्तान अन्सुमन रथले अर्धसतकिय पारी खेले । नेपालका लागि सन्दिप लामिछानेले ५ तथा सागर पुन र बसन्त रेग्मिले १\१ विकेट लिए ।  लक्ष्यको नजिक पुग्ने क्रममा हंकंले आफ्नो ३ विकेट गुमाएपछि खेलमा रोमाञ्चकता बाँकि रहेको थियो । तर ३३ औँ ओभरमा विजयी १ रन प्रहार गर्दै तनविर अफजलले आफ्नो टिमका लागि जित दर्ता गराएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले खराब प्रदर्शन गर्दै ३७ दशमलब ५ ओभरमा मात्र ९५ रनमा सबै विकेट गुमाएको थियो । नेपालका लागि आरिफ शेखले १८, बसन्त रेग्मी र अनिल शाहले १५, पारस खड्काले १४ र ज्ञानेन्द्र मल्लले १२ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । यो नेपालको प्रतियोगिता भरिको सबैभन्दा खराब प्रदर्शन हो ।

याे खेलसँगै नेपालकाे एसियाकप खेल्ने सपना सपनामै सिमित भएकाे छ । प्रतियाेगिताकाे विजेताले यसै महिना हुने एसिया कप क्रिकेटमा सहभागी जनाउने छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Krishna Ramu

    Good headline

    Comment Author

    Kumar Thakuri

    Nepal ka kheladile khelna sakdain neta kheladi same ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?