बिना योग्यता प्रमुख बनेका लोकमान अख्तियारबाट बर्खास्त !!!

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २४, २०७३
|
|
२१३ पटक हेरिएको
Shares
बिना योग्यता प्रमुख बनेका लोकमान अख्तियारबाट बर्खास्त !!!

सारांश

  • ६ बर्षका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नियुक्त भएका लोकमानसिंह कार्कीको नियुक्ति अदालतले बदर गरिदिएको छ ।
  • सर्वोच्च अदालतले उनलाई संविधानको ब्यवस्था अनुसार उच्च नैतिक चरित्र नदेखिएको भन्दै आज अख्तियार प्रमुखबाट पदमुक्त गरेको छ ।
  • उनी नियुक्ति भएको ४४ महिनामै अदालतले पदमुक्त भएका छन् कार्यकाल २८ महिना बाँकी हुँदै उनी पदमुक्त भएका हुन् ।

६ बर्षका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नियुक्त भएका लोकमानसिंह कार्कीको नियुक्ति अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतले उनलाई संविधानको ब्यवस्था अनुसार उच्च नैतिक चरित्र नदेखिएको भन्दै आज अख्तियार प्रमुखबाट पदमुक्त गरेको छ । उनी नियुक्ति भएको ४४ महिनामै अदालतले पदमुक्त भएका छन् कार्यकाल २८ महिना बाँकी हुँदै उनी पदमुक्त भएका हुन् । ‘रायमाझी आयोगको प्रतिवेदनमा दोषी किटान गरिएको र सरकारले कार्कीलाई पदबाट बर्खास्त गर्ने स्पष्टीकरण सोध्ने जस्ता कारबाही अगाडि बढाएको सन्दर्भमा निजलाई नैतिक चरित्र भएको तथा ख्याती प्राप्त गरेको भनी मान्न मिल्ने समेत देखिन आएन’, सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्च अदालतले संविधानको ब्यवस्था अनुरुप अख्तियार प्रमुखका लागि आवश्यक उच्च नैतिक चरित्र लोकमानसिंह कार्कीमा नदेखिएको भन्दै उनलाई नियुक्ति गर्ने तत्कालीन कर्मचारी सरकारका अध्यक्ष खिलराज रेग्मीको निर्णय बदर गरेको छ । सर्वोच्चबाट भएको संविधानको धारा ११९ को उपधारा ५ देहाय ग र ङ बमोजिम योग्य नभएको कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गर्नेगरी २०७० बैशाख २२ को संवैधानिक परिषदको निर्णय, सो सिफारिस बमोजिम राष्ट्रपतिबाट २०७० बैशाख २५ मा गराएको सपथ तथा निजलाई नियुक्ति गर्दाका सन्दर्भमा भएका कामकारबाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्दछ, न्यायाधीशत्रय इश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाले दिएको आदेशमा उल्लेख छ । अब संविधान बमोजिम योग्यता पुगेका ब्यक्तिलाई नियुक्ति गर्न विपक्षी संवैधानिक परिषद र राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न जाँदा अवरोध गर्नेहरुलाई अदालती बन्दोबस्तको १११ नम्बर प्रतिकूल कार्य गरेको देखिन आएकाले उनीहरुलाई रु १ हजार जरिवाना गर्ने आदेश दिएको छ । सर्वोच्च अदालतका तामेलदार शम्भु खत्री, काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सचिव सरिता राई, खरिदार भेषराज अर्याल, लोकमानसिंह कार्कीका ज्वाई प्रवल थापा र नेपाल प्रहरीका सई नकुलराज गौतमलाई सोही ऐन बमोजिम जनही १ हजार जरिवाना गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
वर्षमान पुन “अनन्त” : रोल्पाको माडीचौरदेखि सिंहदरबारको मन्त्रीसम्म
वर्षमान पुन “अनन्त” : रोल्पाको माडीचौरदेखि सिंहदरबारको मन्त्रीसम्म
मृगौला तस्करी गर्ने गिरोह पक्राउ
मृगौला तस्करी गर्ने गिरोह पक्राउ
प्रचण्डसँग नेम्वाङको एक घण्टा भेटवार्ता, ओलीसँग मिल्न सुझाव
प्रचण्डसँग नेम्वाङको एक घण्टा भेटवार्ता, ओलीसँग मिल्न सुझाव
लागुऔषध र आतंकवाद नियन्त्रणमा सामूहिक प्रयास आवश्यक
लागुऔषध र आतंकवाद नियन्त्रणमा सामूहिक प्रयास आवश्यक
कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा
कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
काठमाडौँमा कोरोना भाइरस फैलिएको ‘फेक’ अडियो बनाउने पक्राउ
काठमाडौँमा कोरोना भाइरस फैलिएको ‘फेक’ अडियो बनाउने पक्राउ
भेपले उदांगो पार्‍यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध
भेपले उदांगो पार्‍यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध

तपाईंले छुटाउनुभयो कि?