सकियो रमजान, आज ईद : दुई वर्पछि हर्षोल्लासका साथ मनाइँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २०, २०७९
|
|
३८ पटक हेरिएको
Shares
सकियो रमजान, आज ईद : दुई वर्पछि हर्षोल्लासका साथ मनाइँदै

सारांश

  • काठमाडाैं।
  • कोभिड महामारीका कारण प्रभावित बनेकाे ईद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्।
  • समुहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन।

काठमाडाैं। कोभिड महामारीका कारण प्रभावित बनेकाे ईद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्। समुहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन।
याे वर्ष काेभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी ईद (इदुलफित्र) देश विदेशमा मनाइँदैछ। ईद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान (रोजा) सकिएपछि मनाइने पर्व हो । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट अर्थात् आज यो पर्व मनाउने गरिन्छ।
३० दिन रोजा बसेर सोमबारको सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि मनाइँदै छ । सरकारले आज सार्वजनिक बिदा दिएकाे छ।
भैरहवा क्षेत्रका मुस्लिम स्थानीय गल्लामण्डीको इदगाहमा बिहान साढे ८ वजे र बसडीलियामा रहेको इदगाहमा बिहान ९ बजे जम्मा भएर सामूहिक नमाज पढी मनाउँदै छन्।
ईदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । सो पश्चात एकआपसमा गला मिलाएर इद मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्ने नमाजपछि ईदको विशेष परिकार सेवईका साथै अन्य मिठाइका परिकार र खानेकुरा खाएर शुभकामनासहित पाहुनालाई स्वागत गर्छन् ।
विपन्‍न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको प्रमुख विशेषता हो । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । इदको नमाज पढ्नु अघि रमजानमै प्रत्येक मुसलमानले जनही १ किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आम्दानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा अनिवार्य दिनुपर्ने मान्यता छ ।
फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ । [image: eid.jpg.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
डडेलधुरामा मतमेटिका बोकेको गाडीमा बम प्रहार
डडेलधुरामा मतमेटिका बोकेको गाडीमा बम प्रहार
भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत
भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचन चम्किए, हेट्रिक सहित ४ विकेट
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचन चम्किए, हेट्रिक सहित ४ विकेट
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
निर्मलालाई न्याय, गृहमन्त्रीका गफ मात्रै !
निर्मलालाई न्याय, गृहमन्त्रीका गफ मात्रै !
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले झिकायो फाइल
वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले झिकायो फाइल