१३ औं सागः महिला टिम कातामा नेपाललाई स्वर्ण पदक
सारांश
- काठमाडौं।
- तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ।
- सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो ।
काठमाडौं। तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ।
सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४.८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३.३ अङ्क प्राप्त गर्यो । नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की थिए।
समूह चरणको खेलमा नेपालले २४.७४, बङ्गलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलङ्काको टिमले २२.२५ प्राप्त गरेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया