पारसले मौका नपाएको खेलमा टिम आबुधाबी पराजित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पारसले मौका नपाएको खेलमा टिम आबुधाबी पराजित

सारांश

  • काठमाडौं।
  • यूएईमा जारी टी टेन लीग अन्तर्गत सोमबार भएको खेलमा नेपालका पूर्व कप्तान पारस खड्का आवद्ध रहेको टिम आबुधाबी पराजित भएको छ।
  • पारसले मौका नपाएको यो खेलमा आबुधाबी महराठा अरेबियन्ससँग २४ रनले पराजित भयो।

काठमाडौं। यूएईमा जारी टी टेन लीग अन्तर्गत सोमबार भएको खेलमा नेपालका पूर्व कप्तान पारस खड्का आवद्ध रहेको टिम आबुधाबी पराजित भएको छ। पारसले मौका नपाएको यो खेलमा आबुधाबी महराठा अरेबियन्ससँग २४ रनले पराजित भयो।

पहिला ब्याटिंग गरेको अरेबियन्सका लागि क्रिस लीनले विस्फोटक ब्याटिंग गरेपछि अरेबियन्सले १३८ रनको विशाल योगफल तयार पारेको थियो। लीनले ३० बलमा ९१ रन नटआउट बनाएका थिए।

१३९ रनको लक्ष्य पाएको आबुधाबीले ३ विकेटमा ११४ रनमात्र बनाउन सक्यो। उसका लागि ल्यूक राईटले सर्वा्धिक ४० रन बनाए। कप्तान मोइन अलीले ११ बलमा ३० रनको विस्फोटक इनिंग खेले पनि टिमलाई जिताउन सकेनन्।

जारी लीगमा आबुधाबीको यो पहिलो हार हो। यसअघि आबुधाबीले एक बराबर र एक जित हात पारेको थियो। अघिल्ला दुई खेलमा मौका पाएका पारस सोमबार भने बेन्चमा थिए।

यसअघि सोमबारै भएको अघिल्लो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध कर्नार्टाका टकर्स पनि पराजित भएको थियो। सन्दीपले सोमबार करिअरकै धेरै रन दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?