अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
३४ पटक हेरिएको
Shares
अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ

सारांश

  • काठमाडौँ ।
  •  सांसदहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण आयोगमा निष्पक्ष र स्वतन्त्र व्यक्ति नियुक्त गरिनुपर्ने बताएका छन् ।
  • राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले सुशासन कायम गर्न दुबै आयोगलाई अधिकार सम्पन्न कानुन बनाएर प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

काठमाडौँ । सांसदहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण आयोगमा निष्पक्ष र स्वतन्त्र व्यक्ति नियुक्त गरिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले सुशासन कायम गर्न दुबै आयोगलाई अधिकार सम्पन्न कानुन बनाएर प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने उनीहरुको भनाइ थियो ।

सांसद नरबहादुर विष्टले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष स्वतन्त्र व्यक्ति नियुक्त हुनुपर्ने बताए । उनले निजामति कर्मचारीबाट अख्तियार प्रमुख नियुक्त हुन नहुने तथा सम्पत्ति सुद्धिकरणमा पनि स्वतन्त्र व्यक्ति नियुक्त गरेर अधिकार सम्पन्न बनाइनुपर्ने बताए ।

सांसद रामचन्द्र राईले सार्वजनिक संस्थान सधैँ घाटामा हुने गरेको भन्दै ती संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गरी नतिजामुखी बनाइनुपर्ने खाँचो औँल्याए । उनले नेपाल टेलिभिजन स्याटेलाइटमा गइसक्दा पनि दूरदराजका गाउँसम्म पुग्न नसकेको उल्लेख गर्दै ध्यानाकर्षण गराए ।

सांसद कमला पन्तले संसद्लाई मर्यादित र प्रतिस्पर्धी बनाई मुलुकको सुशासन प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिइन् । सांसद उदयबहादुर बोहोराले भ्रष्टाचार देशको सङ्क्रामक रोग हो भन्दै भ्रष्टाचार र अनियमितताको चुनौती तोडेर सुशासनको दिशामा मुलुकलाई अघि बढाउनुपर्ने बताइन् । उनले हालसम्म भएका सबैखाले भ्रष्टाचारको छानबिन गर्न माग गरिन् ।

सांसद वामदेव गौतमले नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा जोडिएका सबैलाई छानबिन गरेर कानुनी दायरामा ल्याउन माग गरे । सांसद भगवती न्यौपानेले स्वास्थ्यकर्मीले लामोसमयदेखि तलब भत्ता नपाएको गुनासो आएको भन्दै उनीहरुलाई तलब भत्ताको व्यवस्था गर्न अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद युवराज शर्माले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । सांसद गोमादेवी तिमिल्सिनाले मुलुकको हित र सुशासन प्रवद्र्धनमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । सांसदहरु भुवनबहादुर सुनार, तुलसाकुमारी दाहाल, गङ्गाकुमारी बेलबासेले नीति तथा कार्यक्रममार्फत समेटिएका कार्यक्रमलाई व्यवहारिक कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा
दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा
करिष्मा मानन्धर बनिन् एमाले
करिष्मा मानन्धर बनिन् एमाले
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
नयाँ शक्तिलाई अर्को झट्का : रामचन्द्र झा र रामकुमार शर्मा माओवादी फर्किए
नयाँ शक्तिलाई अर्को झट्का : रामचन्द्र झा र रामकुमार शर्मा माओवादी फर्किए
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै फेला परेनन्
अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै फेला परेनन्
जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने
जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)
सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १५.४६ प्रतिशतले वृद्धि (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?