पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १२, २०८१
|
|
१४ पटक हेरिएको
Shares
पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !

सारांश

  • काठमाडौं।
  • नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ नेतृत्वमा महासचिव घनश्याम भुसाललाई अगाडि बढाउन राजी भएका छन्।
  • उनीहरु बीच बुधबार दिउँसो झलनाथ-निवास डल्लुमा भएको भेटवार्तामा सो सहमति भएको स्रोतको दाबी छ।

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ नेतृत्वमा महासचिव घनश्याम भुसाललाई अगाडि बढाउन राजी भएका छन्।

उनीहरु बीच बुधबार दिउँसो झलनाथ-निवास डल्लुमा भएको भेटवार्तामा सो सहमति भएको स्रोतको दाबी छ। उनीहरुबीचको भेटमा पार्टीका सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री नरेशकुमार शाहीसमेत थिए।

असार १६-२० काठमाडौंमा हुने एकीकृत समाजवादीको दशौं महाधिवेशनमा अध्यक्ष को बन्ने भन्ने विषयमा चर्चा जारी छ।

वर्तमान अध्यक्ष माधवकुमार नेपाल दोहोरिने तयारीमा छन्। यस अघि सम्मानित नेत खनाल पनि अध्यक्षको दाबेदार थिए। तर बुधबार बिहान महासचिव भुसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएसँगै अब सहमतिमा नेतृत्व चयन नभए माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुनसक्ने आँकलन गरिएको छ।

अध्यक्ष नेपाल भरसक सर्वसम्मतिमा नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेको छ। नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने एकीकृत समाजवादीको महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?