आजैदेखि देशभरका गाविस विघटन:कमल थापा
सारांश
- सरकारले बिगत करीव २५ वर्षदेखि अस्थित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।
- स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरे।
- उपप्रधानमन्त्री एवं स्थानीय बिकास मन्त्री थापाले भने- ‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन् ।
सरकारले बिगत करीव २५ वर्षदेखि अस्थित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।
स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरे।
उपप्रधानमन्त्री एवं स्थानीय बिकास मन्त्री थापाले भने- ‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन् । राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ । अब गाउँपालिकाहरु अस्थित्वमा आएका छन् ।’
अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन् ।
२०४७ सालसम्म गाउँ पञ्चायत भनिएका स्थानीय संरचनाहरु २०४७ सालको संविधानपछि गाउँ विकास समितिमा रुपान्तरण भएका थिए ।
अब गाउँ विकास समितिहरु गाभिएर गाउँपालिका बनेका छन् । गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ ।
प्रतिक्रिया