बस्तीस्तरबाट योजना छनोट गर्दै स्थानीय तह

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०८०
|
|
२० पटक हेरिएको
Shares
बस्तीस्तरबाट योजना छनोट गर्दै स्थानीय तह

सारांश

  • मान्म ।
  • कालीकोटका नौ वटै स्थानीय तहले बस्तीस्तरबाट योजना छनोट गर्न थालेका छन् ।
  • आर्थिक वर्ष २०८०/८१ मा बस्तीस्तरबाट छनोट भएर आएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उद्देश्यले यहाँका स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् ।

मान्म । कालीकोटका नौ वटै स्थानीय तहले बस्तीस्तरबाट योजना छनोट गर्न थालेका छन् । आर्थिक वर्ष २०८०/८१ मा बस्तीस्तरबाट छनोट भएर आएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उद्देश्यले यहाँका स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् ।

असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १५ गते भित्र नीति तथा कार्यक्रम ल्याउने गरी सबै स्थानीय तहले काम गरिरहेका छन् ।

तिलागुफा नगरपालिकाले आगामी आव २०८०/८१ का लागि बस्तीस्तरको योजना छनोट गरेर असारको पहिलो साताभित्रै योजना छनोट गरिसकेको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले जानकारी दिए । “गतवर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, अगुवाले दिएका सुझावका आधारमा योजना छनोट गर्नेछौँ”, उनले भने । बस्तीस्तरबाट आएका योजना वडाबाट छनोट भएर गएपछि नगरपालिका शाखा, उपशाखामा छलफल गरी कार्यपालिका हुँदै सभामा बजेट तर्जुमा प्रक्रियामा जाने उनले बताए।

बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिइएको महावै गाउँपालिकाका अध्यक्ष उपप्रमुख खेमबहादुर सिंहले बताए । “स्थानीय आवश्यकताको पहिचान बस्तीका नागरिकले गर्ने भएकाले योजना तर्जुमामा पालिकाले बस्तीको सहभागिता बढाएको हो”, उनले भने । उनका अनुसार नागरिकको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले पनि बढी प्रभावकारी हुन्छन् ।

योजना छनोटका लागि स्थानीयस्तरबाट योजना खोज्नु आवश्यक पर्ने भन्दै योजनाका लागि बस्तीमा जाँदा स्थानीय आवश्यकता पहिचानमा मद्दत पुग्ने रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । “यसरी योजना छनोट गर्दा सबै क्षेत्रको समावेशी सहभागिता हुने भएकाले सबैले स्थानीय आवश्यकतालाई पालिकासँग दर्शाउनका लागि बस्तीस्तरमा पुगेर योजना छनोट गरिएका हुन्”, उनले भने । नागरिकका गुनासासमेत समेटिने भएको बजेट तर्जुमामा थप प्रभावकारी हुने उनको भनाइ थियो ।

योजना छनोटका क्रममा पूर्वाधार विकास, महिला सशक्तिकरण, युवाका विषय बजेटमा समावेश गर्नुपर्ने माग आएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसीले बताए । बस्तीबाट आएका मागलाई प्राथमिकीकरण गरी आवश्यकता अनुसार पालिका, प्रदेश र सङ्घीय सरकारमा पठाउने स्थानीय सरकारले पहल गर्ने उनको भनाइ छ । उनले भने, “नागरिकका मागलाई सम्बोधन गर्नु स्थानीय सरकारको दायित्व हो ।”

बस्तीस्तरबाट आएका योजना आगामी वर्षको कार्यक्रममा प्राथमिकतामा राख्ने शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताए । “हचुवाका भरमा छनोट हुने योजना रोक्न मद्दत गर्ने छ”, उनले भने, “स्थानीय तहको आवश्यकतामा आधारित बजेट बन्ने र स्थानीय स्रोत र साधनको समेत परिचालन हुनेछ ।”

बस्तीस्तर आएका योजनाले स्थानीय विकास, निर्माणका प्रभावकारी योजना बनाउन मद्दत पुगेको नहररिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले बताए। स्थानीयवासीले निःशुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित तथा सर्वसुलभ यातायात र सञ्चारसँगै उद्यमशीलतासहितको रोजगारको माग गरेका पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले जाजरकोटमा भेटायो बन्दुक र गोली, किन राखिए अवैध हतियार ?
प्रहरीले जाजरकोटमा भेटायो बन्दुक र गोली, किन राखिए अवैध हतियार ?
अझै हटेन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता
अझै हटेन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म
कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छ : महामन्त्री थापा
कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छ : महामन्त्री थापा
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
चाकडी र घुस दिन नसक्दा बरिष्ठ न्युरो सर्जनले दिए राजिनामा
चाकडी र घुस दिन नसक्दा बरिष्ठ न्युरो सर्जनले दिए राजिनामा
मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर
मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर

तपाईंले छुटाउनुभयो कि?