अस्पतालको शैयाबाट बुद्धिमायाको आग्रहः म बाँच्न चाहन्छु, बचाइदिनुस्…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
अस्पतालको शैयाबाट बुद्धिमायाको आग्रहः म बाँच्न चाहन्छु, बचाइदिनुस्…

सारांश

  • सविता उप्रेती, काठमाडौं, असार ८ ।
  • ४० वर्षीया बुद्धिमाया तामाङ एक महिनादेखि अस्पतालको शैयामा छट्पटाइरहेकी छन् ।
  • उनी अर्धचेतजस्तै छिन् ।

सविता उप्रेती, काठमाडौं, असार ८ । ४० वर्षीया बुद्धिमाया तामाङ एक महिनादेखि अस्पतालको शैयामा छट्पटाइरहेकी छन् । उनी अर्धचेतजस्तै छिन् ।
मुटु रोगले आक्रान्त उनी काठमाडौंको सहिद गंगालाल अस्पतालको बेड नम्बर ११२ मा उपचार खर्च अभावका कारण तड्पिरहेकी छन् । र, उपचार खर्चका लागि सहयोगी मनसँग हारगुहार गरिरहेकी छन् । चिकित्सकले उपचार गरे रोग चाँडै निको हुने बताएका छन् । तर, उनी र उनको परिवारसँग उपचार खर्च छैन । उनी मुर्छित् हुँदै बारम्बार भनिरहन्छिन्,‘म बाँच्न चाहन्छु, मलाई बचाउँनुस् ।’
तर उनको पीडा सुनिदिने कोही छैनन् । उनका श्रीमान् अस्पतालको एउटा कुनामा पुर्पुरोमा हात लगाएर बसेका छन् । लामा पूजा गरेर दैनिकी गुजार्दै आएका उनलाई जसरी पनि श्रीमतीको उपचार गराउनु छ । तर कुनै उपाय छैन ।

Displaying IMG_20170617_132206.jpg
चिकित्सकले   उनको उपचारको लागि  अझै एक महिना हस्पिटल मा बस्नुपर्ने  बताएका छन् । जुन रकम जम्मा गर्नु उनीहरुका लागि असम्भवप्रायः छ । त्यसैले त उनीहरु सहयोगी मनको साथ चाहिरहेका छन् ।
‘आफूले प्राणभन्दा पनि बढी प्यार गरेकी श्रीमती अस्पतालमा छट्पटाउँदा समेत उपचार गर्न सकिनँ । आज आफैंप्रति धिक्कार लागेर आउँछ ।’ बुद्धिमायाका श्रीमानले पनि गहभरी आँशु पार्दै भने, ‘उनी मलाई बँचाउनुस् भन्दै बर्बराउँछिन्, आफ्नो कुनै उपाय छैन ।
ओखलढुंगाकी बुद्धिमायाको परिवार बौद्धको एक घरमा कोठा भाडामा लिएर बसेका छन् । कोठाको अवस्था पनि उत्तिकै दयनीय छ । बुद्धिमायाका श्रीमान्ले गम्भीर हुँदै हामीसँग आग्रह गरे, ‘मेरो श्रीमतीको उपचारमा सहयोग गर्नेको गुन कहिल्यैं विर्सने छैनँ । लौ न हजुर, अलिअलि सहयोग जुटाउन सघाऊ गर्दिनुस् ।’
बुद्धिमाया त एक प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता थुप्रै बिरामीहरु उपचार खर्च जोहो गर्न नसकेर अस्पतालमा छट्पटाईरहेका छन् । कतिले त उपचारखर्च अभावकै कारण मृत्युवरण गर्नुपरेको तीतो यथार्थ छ ।
सरकारले सर्वसाधारण नागरिकसम्म स्वथ्यको पहूँच पु¥याएको भने पनि निम्न आयस्तर भएका मानिसहरु उपचारै नपाएर वा उपचार खर्च नभएर मृत्युवरण गर्न बाध्य छन् ।
नागरिकले उपचार खर्च अभावमा मर्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ? यो प्रश्न अझै अनुत्तरीत नै छ । सम्पूर्ण सहयोग गर्ने सहयोगदाताहरुले आफुले गरेको सहयोग र आफ्नो डिटेल्स infoshikharnews@gmail.com मा पठाइदिनुभयो भने शिखर न्युजले  सहयोगदाताको नाम पब्लिश गर्नेछ।

सहयोग को लागि संपर्क नम्बर : ९८२३०८६३६१

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?