४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
४८ पटक हेरिएको
Shares
४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास

सारांश

  • काठमाडौं।
  • न्याय सेवा आयोगले गत वैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा माग गरिएभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन्।
  • २०८१ वैशाख २७ देखि ३० सम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्षामा २ सय ३ जनाले परीक्षा दिएका थिए ।

काठमाडौं। न्याय सेवा आयोगले गत वैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा माग गरिएभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन्।

२०८१ वैशाख २७ देखि ३० सम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्षामा २ सय ३ जनाले परीक्षा दिएका थिए । तीमध्ये खुलामा ७ र आन्तरिकमा ४ जनाले मात्र नाम निकालेका छन्। उत्तीर्ण हुनेहरूमा अञ्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाई, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, वसन्तराज जोशी र मनिराम ज्ञवाली रहेका छन्।

आयोगले आन्तरिक, खुला, महिला, आदिवासी जनजाति, मधेसी र अपांगता भएको समूहअन्तर्गत ४३ पदका लागि विज्ञापन गरेको थियो। उत्तीर्ण हुनेहरूका लागि आयोगले ६ र ७ आसारमा अन्तर्वार्ताका लागि समय तोकेको छ।

आयोगले आन्तरिक खुलामा २१, खुलामा १२ महिलामा ४, आदिवासी जनजातिमा २, मधेसीमा २, दलितमा १ र अपांता भएकामा १ गरी ४३ जनाको विज्ञापन गरेको थियो। तर, सो विज्ञापनमा आवेदन दिएकामध्ये खुला र आन्तरिकमा परीक्षा दिएकाहरू पास भए पनि मधेसी, महिला, जनजाति, दलित र अपांगता भएकामा एक जना पनि लिखित परीक्षामा उत्तीर्ण नभएका पाइएको छ। अब रिक्त पदमा न्यायपरिषद्ले नियुक्ति गर्नेछ।

संविधानले नै परीक्षाका माध्यमबाट जिल्ला न्यायाधीशमा निश्चित कोटा नियुक्ति गर्ने व्यवस्था गरेको छ। तर, हरेक वर्ष न्यून मात्र उम्मेदवार उत्तीर्ण हुने हुँदा अनुत्तीर्ण भएका योग्य जनशक्तिबाटै पुनः परिषद्ले नियुक्ति गर्ने गरेको छ। यसपटक पनि ३५ जना चोरबाटोबाट जिल्ला न्यायाधीश हुने भएका छन्। आयोगमा प्रधानन्यायाधीश अध्यक्ष तथा वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष, महान्यायाधिवक्ता र कानुनमन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ। जसमा न्यायपरिषद्को सचिव पनि सदस्यका रूपमा रहने गर्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु
मोटरसाइकको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु
तालिममा साढे १ अर्ब खर्च, हात लाग्यो शून्य
तालिममा साढे १ अर्ब खर्च, हात लाग्यो शून्य
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
ओखलढुङ्गामा खतिवडाभन्दा सुनुवार दुई तिहाइले अगाडि
ओखलढुङ्गामा खतिवडाभन्दा सुनुवार दुई तिहाइले अगाडि
कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन
कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन
इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु
इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु
गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो
गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो,  अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो, अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सातै प्रदेशमा सपथ-संघीयताको अभ्यास शुरु
सातै प्रदेशमा सपथ-संघीयताको अभ्यास शुरु
पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवासुविधा थपियो
पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवासुविधा थपियो