पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २२, २०७७
|
|
२३ पटक हेरिएको
Shares
पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी

सारांश

  • काठमाडौं, २२ असार ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ ।
  • पार्टीभित्रको अन्तरविरोध हल गर्नेगरि दुई अध्यक्ष छलफलमा बसेको बालुवाटार स्रोतले जनाएको छ ।

काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीभित्रको अन्तरविरोध हल गर्नेगरि दुई अध्यक्ष छलफलमा बसेको बालुवाटार स्रोतले जनाएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकको पहिलो दिनमै नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् ।

अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमै ओलीको राजीनामा मागेका थिए । उनीहरुले ओलीबाट अब पार्टी र सरकार दुवै चल्न नसक्ने दाबी गरेका छन् । स्थायी कमिटी बैठकबाट बहुमतले निर्णय गरेर ओलीलाई दुवै पदबाट हटाउने तयारी भैरहेको बेलामा ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेर पार्टीभित्रका आफू विरोधी समूहलाई चिढ्याएका थिए ।

अध्यक्षद्धयबीच पछिल्लो समय लगातार छलफल भैरहेका छन् । कहिले एक्लाएक्लै त कहिले सहयोगी राखे । हिजो आइतबार दुवै पक्षबाट दुईरदुई जना नेताहरु राखेर ओली दाहाल छलफलमा बसेका थिए । हिजोको छलफलमा ठोस सहमति नभएपनि सहमति खोज्नेबारे सहमति भएको थियो । छलफलमा ओली समूहबाट महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल सहभागी थिए भने दाहाल समूहबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’
महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
‘ड्रिम वर्ल्ड एम्युजमेन्ट’ पार्क सञ्चालनमा
‘ड्रिम वर्ल्ड एम्युजमेन्ट’ पार्क सञ्चालनमा
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने
केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
मोदीले इमरानलाई चिट्ठी पठाएर भेट्न बोलाए !
मोदीले इमरानलाई चिट्ठी पठाएर भेट्न बोलाए !
लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ
लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ
चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति

तपाईंले छुटाउनुभयो कि?