फुटबलबाट सन्यास लिनेबारे लियोनल मेस्सीले मुख खाेले

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • अर्जेन्टिनी कप्तान तथा सुपरस्टार लियोनल मेस्सीले अर्जेन्टिनालाई विश्वकप च्याम्पियन नबनाई आफूले सन्यास नलिने बताएका छन्।
  • मंगलबार हुने नाइजेरियाविरुद्धको खेलअघि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले विश्वकपको उपाधि अर्जेन्टिना र आफ्ना लागि महत्वपूर्ण भएकाले अर्जेन्टिनालाई विश्व च्याम्पियन नबनाई सन्यास नलिने बताएका हुन्।
  • ‘मैले व्यक्तिगत रुपमा सबै महत्वपूर्ण प्रतियोगिता जितिसके,’ मेस्सीले भने, ‘विश्वकप जित्नु मेरो महत्वाकांक्षा हो।

अर्जेन्टिनी कप्तान तथा सुपरस्टार लियोनल मेस्सीले अर्जेन्टिनालाई विश्वकप च्याम्पियन नबनाई आफूले सन्यास नलिने बताएका छन्।

मंगलबार हुने नाइजेरियाविरुद्धको खेलअघि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले विश्वकपको उपाधि अर्जेन्टिना र आफ्ना लागि महत्वपूर्ण भएकाले अर्जेन्टिनालाई विश्व च्याम्पियन नबनाई सन्यास नलिने बताएका हुन्।

‘मैले व्यक्तिगत रुपमा सबै महत्वपूर्ण प्रतियोगिता जितिसके,’ मेस्सीले भने, ‘विश्वकप जित्नु मेरो महत्वाकांक्षा हो। म मेरो देशबाट विश्व च्याम्पियन नबनेरै सक्रिय फुटबलबाट सन्यास लिन चाहन्नँ।’

‘आफैले विश्वकप उचालेको हेर्ने र त्यो पलको अनुभूति लिने मेरो ठूलो धोको छ,’ मेस्सीले थपे, ‘विश्वकप उचालेको पल कस्तो होला भनेर सम्झँदै मेरो रौं ठाडा हुन्छन्। त्यसबेला मैले दशौं लाख अर्जेन्टिनीहरुलाई खुशी दिइरहेको हुनेछु। हामी अर्जेन्टिनालाई विश्वकप दिलाउने सपनालाई कहिलै छाड्ने छैनौं।’

२०१४ को विश्वकपको उपविजेता अर्जेन्टिना यसविश्वकपको पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएशियासँग ३–० अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिने संघारमा पुगेको छ।

अन्तिम खेलमा मंगलबार नाइजेरियालाई पराजित गरे र अर्को खेलमा क्रोएशियाले आइसल्याण्डलाई पराजित गरे अर्जेन्टिना अन्तिम १६ मा पुग्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
कालिमाटिमा व्यापारिले थुने सरकारी टोली, व्यवसायी संघका अध्यक्ष खतिवडा पक्राउ
कालिमाटिमा व्यापारिले थुने सरकारी टोली, व्यवसायी संघका अध्यक्ष खतिवडा पक्राउ
घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित
घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित
सिन्धियाको विद्रोहले मध्यप्रदेशमा कँग्रेस आईको सत्ता ढल्दै
सिन्धियाको विद्रोहले मध्यप्रदेशमा कँग्रेस आईको सत्ता ढल्दै
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ
नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ
मदिराले मान्छे खान्छ !
मदिराले मान्छे खान्छ !
विर्तामोड नगरपालिककाको वडा कार्यालयमा बम विस्फोट
चितवन-२ मा  रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
चितवन-२ मा रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
देउवाको ‘राजनीतिक तुरुप’ कति सान्दर्भिक ?
देउवाको ‘राजनीतिक तुरुप’ कति सान्दर्भिक ?

तपाईंले छुटाउनुभयो कि?