एक दिवसीय क्रिकेटः नेपालको सानदार जित

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १८, २०७९
|
|
२० पटक हेरिएको
Shares
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित

सारांश

  • काठमाडौं ।
  • नेपाल र केन्याबीचको एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ७ विकेटले जित पारेको छ ।
  • जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको केन्यामाथि नेपालले ३ विकेट क्षतिमा ४७.

काठमाडौं । नेपाल र केन्याबीचको एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई नेपालले ७ विकेटले जित पारेको छ ।

जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको केन्यामाथि नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १८ रनको योगफल बनाएको थियो ।

नेपालको जितमा आसिफ शेखले १२० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रन बनाए । त्यस्तै अर्जुन साउदले ६१ रन बनाए भने ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन र रोहित कुमार पौड्यलले ३ रन जोडे । केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एकरएक विकेट लिए ।

केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रनको योगदान दिए भने कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० रन जोड्दा सचिन भुडियाले २६ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले समान ३्३ विकेट लिए भने आदिल अन्सारी र पवन शर्राफले १्१ विकेट हात पारे । नियमित कप्तान सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज गएपछि आजको खेलमा रोहितकुमार पौडेलले नेतृत्व गरेका थिए । उक्त सिरिजअन्तर्गतको दोस्रो खेल भालि शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।

यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३–२ ले विजयी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?