पाल्पा बस दुर्घटना: मृतकको संख्या १३ पुग्यो !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पाल्पा बस दुर्घटना: मृतकको संख्या १३ पुग्यो !

सारांश

  • पाल्पा, १८  जेठ ।
  •  सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको  बस दुर्घटनामा परी ज्यान गुमाउनेकाे संख्या १३ पुगेकाे छ ।
  • लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको थियाे ।

पाल्पा, १८  जेठ । सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको  बस दुर्घटनामा परी ज्यान गुमाउनेकाे संख्या १३ पुगेकाे छ ।

लक्ष्मी बचत तथा ऋण सहकारी सँस्था तानसेनका सदस्य चढेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको थियाे ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनका छत्रमान शाक्य, देवेन्द्र प्रधान, विष्णुमान बज्राचार्य, कृष्णमान बज्राचार्य र सुशील श्रेष्ठको घटनास्थलमै तथा सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । अन्यको नाम खुल्न बाँकी छ ।

घाइतेमध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?