बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
२८ पटक हेरिएको
Shares
बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

सारांश

  • धादिङ, ३ असोज ।
  • सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
  • जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो ।

धादिङ, ३ असोज । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो । पीडिलाई रु ५० हजार क्षपिूर्तिसमेत दिनसमेत योगीको नाममा आदेश जारी भएको जिल्ला अदालतले जनाएको छ ।

योगीलाई कसुर गरेको ठहर गर्दै न्यायाधीश पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९३० ङ बमोजिम सात वर्ष कैद, मानसिक अवस्था कमजोर भएकी महिलालाई जबर्जस्ती करणी गरेकाले थप छ महीना कैद र पीडित पक्षलाई रु ५० हजार क्षपिूर्ति भराउन फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिए ।मुद्दा जिल्ला अदालमा विचाराधीन रहेकै बेला घरमा आगोले पोलेर उपचारका क्रममा विसं २०७५ फागुन १९ गते पीडितको शिक्षण अस्पालमा मृत्यु भइसकेको छ ।

चौध पटकको इजलासमा मुद्दा फैसला भएपछि मृत्यु भएकै भए पनि आरोपितले सजाय पाएको र न्याय मर्दैन भन्ने विश्वास पलाएको अपाङ्गता भएका व्यक्तिको अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएका गुणराज खविडाले बताए ।जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले २०७५ असोज १ गते किटानी जाहेरी दर्ता भएको थियो । घटना अनुसन्धानपछि असोज २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको र १४ पटकको पेसीपछि जिल्ला अदालतले सो मुद्दा फैसला गरेको श्रेस्तेदार दङ्गालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब आचारसंहितासम्बन्धी एक हप्ताको प्रशिक्षण तालीम लिएर मात्र पत्रकारिता गर्न पाउने
सडकका बेवारिसेलाई आश्रमको राहत
सडकका बेवारिसेलाई आश्रमको राहत
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा
वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौँ : प्रमुख आयुक्त राई
जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौँ : प्रमुख आयुक्त राई
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास

तपाईंले छुटाउनुभयो कि?