स्याङ्जा–२ मा एमालेकी पद्मकुमारी विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
स्याङ्जा–२ मा एमालेकी पद्मकुमारी विजयी

सारांश

  • काठमाडौं, मंसिर २७ – स्याङ्जा क्षेत्र नम्बर २ मा एमालेकी पद्मकुमारी अर्यालसँग नेपाली कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठ पराजित हुनुभएको छ ।
  • प्रतिनिधिसाभा सदस्यका लागि भएको चुनावमा क्षेत्र नम्बर २ बाट एमालेकी अर्याल ३५ हजार १ सय ४१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
  • उहाँका प्रतिस्पर्धी श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गर्नुभयो ।

काठमाडौं, मंसिर २७ – स्याङ्जा क्षेत्र नम्बर २ मा एमालेकी पद्मकुमारी अर्यालसँग नेपाली कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठ पराजित हुनुभएको छ । प्रतिनिधिसाभा सदस्यका लागि भएको चुनावमा क्षेत्र नम्बर २ बाट एमालेकी अर्याल ३५ हजार १ सय ४१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गर्नुभयो । नेतृ अर्याल ०७० सालको संविद्यानसभामा समानुपातिकबाट सांसद बन्नुभएको थियो । बुथकब्जा लगायतको विवादमा दुईदिन रोकिएको स्याङ्जामा अन्ततः गोपालमान श्रेष्ठ पराजित हुनुभएको हो ।

कांग्रेसका निकै पुराना नेता, गोपालमान श्रेष्ठ । २०१९ सालदेखि राजनीतिमा लाग्नुभएका गोपालमान श्रेष्ठ स्याङ्जाकै स्थानीय बासिन्दा पनि हुनुहुन्छ । श्रेष्ठले ४ पटक सांसदको यात्रा पूरा गरिसक्नुभएको छ । श्रेष्ठ २०४८ र २०५६ सालमा प्रत्यक्ष निर्वाचित हुनुभयो ।

२०६४ साल र २०७० सालको संविद्यानसभामा भने उहाँ समानुपातिक सांसद हुनुभयो । उहाँ अहिलेसम्म ४ पटक मन्त्री बन्नुभएको छ । २०४८ सालमा वाणिज्यमन्त्री, २०५८ मा वनमन्त्री, २०६३ मा भौतिक पुर्वाधार तथा यातायातमन्त्री बनेका गोपालमान श्रेष्ठ २०७४ सालको जेठदेखि उपप्रधानमन्त्री तथा शिक्षामन्त्री हुनुहुन्छ । पार्टीमा पनि श्रेष्ठ उपसभापति समेत बन्नुभयो ।

वर्तमान शिक्षामन्त्री समेत रहेका श्रेष्ठ शिक्षा ऐन नवौं संशोधन पारितपछि विवादित बन्नुभएको थियो । गोल्डेन हेन्डचेक लिन फारम भरेकाले पनि परिक्षामा सहभागी हुन पाउने तथा शिक्षक सेवा आयोगको परिक्षामा अस्थायी शिक्षकले ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धा हुने विवादास्पद ऐन पारित भएपछि श्रेष्ठ आलोचित बन्नुभएको थियो ।

परिक्षामा फेल भएका शिक्षकहरुले पनि गोल्डेन हेन्डसेक प्राप्त गर्न सक्ने उदार नीतिलाई कतिपयले सकारात्मक विभेद भनेपनि धेरैले शिक्षा माथिको कालो दाग भनेर श्रेष्ठको आलोचना गरेका छन् । शिक्षा ऐनको विद्यार्थी संगठनले अझै विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्‍त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्‍त्री देउवा !
मन्‍त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्‍त्री देउवा !
चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जनाकाे मृत्यु
चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जनाकाे मृत्यु
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल
ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल
२० ओभरकाे खेल सकिँदा कोल्टसको पुनरागमन !
२० ओभरकाे खेल सकिँदा कोल्टसको पुनरागमन !
पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा
पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा
पौडेलको चेतावनी बेवास्ता गर्दै देउवाले भोलि पदाधिकारी मनोनित गर्ने !
पौडेलको चेतावनी बेवास्ता गर्दै देउवाले भोलि पदाधिकारी मनोनित गर्ने !
भरतपुर महानगरले रु तीन अर्बको बजेट ल्याउने
भरतपुर महानगरले रु तीन अर्बको बजेट ल्याउने
Anil Kapoor and Aishwarya Rai starrer ‘Fanney Khan’ trailer is out!
Anil Kapoor and Aishwarya Rai starrer ‘Fanney Khan’ trailer is out!
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले