ट्रम्पको आक्रोशः उत्तर कोरियामाथि अब एउटै चिजले काम गर्न सक्छ,

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
५८ पटक हेरिएको
Shares
ट्रम्पको आक्रोशः उत्तर कोरियामाथि अब एउटै चिजले काम गर्न सक्छ,

सारांश

  • बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ताले निष्कर्ष नपाएपछि ‘अब एउटै चिजले मात्र उत्तर कोरियामाथि काम गर्न सक्छ’ भन्ने चेतावनी दिएका छन् ।
  • राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् ।
  • उनले लेखेका छन्, ‘राष्ट्रपति र उनको सरकार २५ वर्षदेखि उत्तर कोरियासँग कुरा गरिरहेको छ तर यसको नतिजा निस्केको छैन ।

बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ताले निष्कर्ष नपाएपछि ‘अब एउटै चिजले मात्र उत्तर कोरियामाथि काम गर्न सक्छ’ भन्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘राष्ट्रपति र उनको सरकार २५ वर्षदेखि उत्तर कोरियासँग कुरा गरिरहेको छ तर यसको नतिजा निस्केको छैन ।’

यद्यपी, ट्रम्पले उत्तर कोरियामाथि काम गर्ने त्यो चीज के हो भनी बताएका छैनन् ।

अमेरिका र उत्तर कोरियाबिच शीतयुद्ध चलिरहेको छ । अमेरिका उत्तर कोरियाले आफ्नो मिसाइल कार्यक्रम रोकोस् भन्ने चाहन्छ ।

यता उत्तर कोरियाले लामो दुरीको मिसाइलमा लगाउन मिल्ने सानो परमाणु हतियार विकसित गर्न आफूहरु सक्षम भएको दाबी गर्दै आएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले यदि राष्ट्रिय हित र क्षेत्रमा सहयोगीको रक्षाका लागि अमेरिका जाग्नु परे उत्तर कोरियालाई बर्बाद गरिदिने धम्की दिएका छन् ।

वासिङ्टनमा बीबीसी संवाददाता लौरा बिकरका अनुसार शनिबार गरिएको उक्त ट्वीट अमेरिकी नेताको सांकेतिक घोषणामध्यको एक हो ।

पछिल्लो हप्ता अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँगलाई सिधा वार्ता गर्न कोसिस गरिरहेको संकेत पाइएको थियो ।

यसमा राष्ट्रपति ट्रम्पले ट्वीट गरेका थिए, ‘आफ्नो ऊर्जा बचाएर राख रेक्स, हामीले जे गर्नुपर्छ त्यो पक्कै गर्नेर्छौं ।’

शनिबार राष्ट्रपति ट्रम्पले आफ्नो र विदेशमन्त्रीबिचको सम्बन्ध सुमधुर भएको बताएका थिए । यद्यपी, ट्रम्पले यो पनि भनेका थिए कि टिलरसन कडा पनि हुनसक्छन् ।

यसअघि टिलरसनले आफू र राष्ट्रपतिबिच मतभेद भएको रिपोर्टलाई खण्डन गरेका थिए ।

राष्ट्रपति ट्रम्पको उत्तर कोरियामाथिको यो ताजा टिप्पणी धम्कीमात्र हुनसक्छ । तर बीबीसी संवाददाताका अनुसार उत्तर कोरियाले यसलाई खतरा मान्न सक्छ ।

सेप्टेम्बरमा नै उत्तर कोरियाले अन्तर्राष्ट्रिय आलोचनाका बाबजूद आफ्नो छैठौं परमाणु परिक्षण गरेको थियो र प्रशान्त महासागरमा अर्को एक परिक्षण गर्ने घोषणा पनि गरेको थियो ।

सेप्टेम्बरमा नै संयुक्त राष्ट्रमा दिइएको आफ्नो भाषणमा ट्रम्पले उत्तर कोरियालाई पूर्ण रुपमा बर्बाद गर्ने धम्की दिएका थिए । ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उन आत्मघाती मिसनमा भएको बताएका थिए ।

यसको जवाफमा किमले भनेका थिए, ‘मानसिक रुपले विक्षिप्त आगोसँग खेल्न रुची राख्ने अमेरिकी बुढोलाई पक्कै पनि वशमा पार्नेछु ।’

एजेन्सी

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रविधिले अनुसन्धान सहज बनाउँदै
प्रविधिले अनुसन्धान सहज बनाउँदै
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
सम्भावित ठूलो आतंककारी हमलालाई प्रहरीले असफल पार्‍याे
सम्भावित ठूलो आतंककारी हमलालाई प्रहरीले असफल पार्‍याे
झन्डावाल गाडी चढ्नबाट प्रदेश प्रमुख वञ्चित, के छन् त सेवा सुविधा ?
झन्डावाल गाडी चढ्नबाट प्रदेश प्रमुख वञ्चित, के छन् त सेवा सुविधा ?
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख नाघ्यो
जापान एयरलाइन्सद्वारा फोहर घटाउन यात्रुलाई खाना नखान सल्लाह
जापान एयरलाइन्सद्वारा फोहर घटाउन यात्रुलाई खाना नखान सल्लाह
ट्याक्सीमाण्डु राईड सेरिङ्ग एपमा आज साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने
ट्याक्सीमाण्डु राईड सेरिङ्ग एपमा आज साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने
चैते छठ आज उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन
बुनपाका वडाहरुमा अरुलाई पछार्दै लगातार एमाले प्यानलको जीत
बुनपाका वडाहरुमा अरुलाई पछार्दै लगातार एमाले प्यानलको जीत