नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच यस्तो भयो छलफल
सारांश
- काठमाडौँ ।
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचबीच तल्लो तहको एकताबारे छलफल भएको छ ।
- पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रदेश र जिल्लामा पार्टी एकता हुन नसकेको साथै सरकारको काम कारवाहीबारे विषयमा छलफल भएको हो ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचबीच तल्लो तहको एकताबारे छलफल भएको छ । पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रदेश र जिल्लामा पार्टी एकता हुन नसकेको साथै सरकारको काम कारवाहीबारे विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु-याउने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पु-याउने विषयमा विचारविमर्श भएको बताइएको छ ।
प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकताका लागि गठित अधिकांश कार्यदलले प्रतिवेदन बुझाएका छन् । तर पार्टीको सचिवालय बैठक बस्न नसक्दा बुझाएका प्रतिवेदन कार्यान्वयन हुन सकेका छैनन् ।
दुई अध्यक्ष बीचको छलफलमा सरकारको काम कारवाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको बताइएको छ ।
प्रतिक्रिया