पीपीएल क्रिकेटः पहिलाे खेलमा सन्दिप र सरद भिड्ने (खेलतालिका सहित)
सारांश
- काठमाडाैँ ८ कात्तिक ।
- पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको पहिलाे खेलमा सन्दिप लामिछाने अावद्ध टाेली विराटनगर टाइटन्सले घरेलु टाेली पाेखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।
- पाेखराकाे नेतृत्व राष्ट्रिय टाेलीका भरपर्दा ब्याट्सम्यान सरद भेषावकरले गर्नेछन् ।
काठमाडाैँ ८ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको पहिलाे खेलमा सन्दिप लामिछाने अावद्ध टाेली विराटनगर टाइटन्सले घरेलु टाेली पाेखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । पाेखराकाे नेतृत्व राष्ट्रिय टाेलीका भरपर्दा ब्याट्सम्यान सरद भेषावकरले गर्नेछन् ।

शुक्रबारदेखि सुरु हुन लागेकाे प्रतियाेगिता नेपालकाे सबैभन्दा ठूलाे घरेलु क्रिकेट प्रतियाेगिता हाे । प्रतियोगिताको पहिलो दिन एक खेल मात्रै हुनेछ ।

प्रतियाेगिताकाे दोस्रो दिन दुई खेल आयोजना हुनेछ । दाेस्राे दिनकाे पहिलो खेलमा राष्ट्रिय टाेलीका कप्तान पारस खड्काकाे चितवन राइनोजले साेमपाल कामीकाे बुटवल ब्लास्टरसँग प्रतिस्पर्धा गर्ने छ त्यस्तै दोस्रो खेलमा राष्ट्रिय टाेलीका उपकप्तान ज्ञानेन्द्र मल्लकाे काठमाडौं रोयल्सले युवा खेलाडी दिपेन्द्र सिँह एेरी अावद्ध एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्नेछ ।
प्रतियाेगिता कात्तिक ९ देखि २० गतेसम्म चल्नेछ । ६ टिमको सहभागिता रहेकाे पीपीएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । हरेक टाेलीमा दुईजना विदेशी खेलाडी अनिवार्य छन् ।

प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम रहेका छन् । खेलकाे प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ ।
खेल तालिकाः

प्रतिक्रिया