९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि

सारांश

  • काठमाडौँ, ८ जेठ ।
  • चालु आर्थिक वर्षको नौ पहिनामा नेपाल टलिकमको डाटा सेवाका ग्राहक २०.
  • ५१ प्रतिशतले वृद्धि भएका छन् ।

काठमाडौँ, ८ जेठ । चालु आर्थिक वर्षको नौ पहिनामा नेपाल टलिकमको डाटा सेवाका ग्राहक २०.५१ प्रतिशतले वृद्धि भएका छन् ।

कम्पनीले हालै प्रकाशित गरेको तथ्यांकअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेको जनाएको हो ।

विस २०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८९४ रहेकामा २०७४ चैत अन्त्यसम्ममा उक्त संख्या बढेर एक करोड एक लाख ५४ हजार पुगेको छ । विसं २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०।५१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो ।

रिपोर्टअनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ५९ हजार १७२ छन् । गत २०७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार एक करोड ९३ लाख २२ हजार ८५५ रहेको छ । जिएसएम मोबाइल सेवाका ग्राहक एक करोड ६९ लाख ४४ हजार ५३९, सिडिएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३५१ तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक छ लाख ८९ हजार ३७३ रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?