आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
४४ पटक हेरिएको
Shares
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड

सारांश

  • एजेन्सी, माघ ५ ।
  •  न्युजील्याण्डकी प्रधानमन्त्री जेसिंडा आर्डेनले आफु गर्भवती रहेको खुलासा गरेकी छिन् ।
  • बीबीसी विश्वसेवाले जनाए अनुसार उनी र उनका प्रेमी क्लार्क गेयफोर्डले आगामी जून महिनामा बच्चा जन्माउन गइराखेका छन् र यसकालागि प्रधानमंत्रीले ६ हप्ता विदामा बस्न चाहेको बताएकी छिन् ।

एजेन्सी, माघ ५ । न्युजील्याण्डकी प्रधानमन्त्री जेसिंडा आर्डेनले आफु गर्भवती रहेको खुलासा गरेकी छिन् । बीबीसी विश्वसेवाले जनाए अनुसार उनी र उनका प्रेमी क्लार्क गेयफोर्डले आगामी जून महिनामा बच्चा जन्माउन गइराखेका छन् र यसकालागि प्रधानमंत्रीले ६ हप्ता विदामा बस्न चाहेको बताएकी छिन् ।

३७ वर्षीय आर्डेन आफ्नो कार्यकालमा बच्चा जन्माउने दोस्रो निर्वाचित विश्वनेता हुनेछिन् । यसअघि बेनजीर भुट्टोले १९९० मा तत्कालीन पाकिस्तानी प्रधानमंत्रीका रूपमा छोरीलाई जन्म दिएकी थिइन् । त्यसबेला उनको उम्र ३० वर्षको थियो ।

आर्डेन गत अक्टोबरमा न्युजील्याण्डकी प्रधानमन्त्री चुनिएकी थिइन् । उनको मध्य-वाम गठबंधनले चुनावमा सफलता प्राप्त गरेपछि उनी १८५६ यता देशकै सबै भन्दा कम उमेरकी प्रधानमंत्री बनेकी थिइन् ।

उनको यस घोषणा पछि उनलाई सामाजिक सञ्जालमा बधाई दिनेहरूको ताँती लागेको छ । इंस्टाग्राममा एउटा सांकेतिक तस्बिर साझा गर्दै आर्डेनले २०१७ आफ्नालागि खुसी नै खुसी लिएर आएको बताएकी छिन् । उनका अनुसार यस वर्ष उनी देशकी प्रधानमंत्री बनिन् यसै वर्ष उनी गर्भवती पनि बनेकी छिन् ।

उनका विपक्षीहरूले भने बच्चा पाएपछि उनलाई प्रधानमंत्रीको रूपमा काम गर्न गाह्रो हुनसक्ने भनिरहेका छन् । तर आर्डेनले भने यस्ता अशंकाहरू निराधार रहेको र आफु दुबै जिम्मेवारी निर्वाह गर्न उत्तिकै सक्षम रहेको जनाएकी छिन् ।

गत सेप्टेम्बरमा भएको आम चुनावमा उनको वाम झुकाव भएको दल लेबर पार्टी चुनावमा दोस्रो भएको थियो । कसैको बहुमत नभएपछि उनले तेस्रो स्थानमा रहेको पार्टीसँग गठबंधन गरेर सरकार निर्माण गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्ताे व्यबस्था छ प्रदेश र जिल्ला कमिटी काे संख्यमा नेकपाकाे  विधानमा ?
कस्ताे व्यबस्था छ प्रदेश र जिल्ला कमिटी काे संख्यमा नेकपाकाे विधानमा ?
यी संकेत देखिए बुझ्नुस् तपाईको भाग्य एकाएक चम्किँदैछ
यी संकेत देखिए बुझ्नुस् तपाईको भाग्य एकाएक चम्किँदैछ
मुस्ताङमा पर्यटकको चाप बढ्दै
मुस्ताङमा पर्यटकको चाप बढ्दै
श्रीलंकामा चरम आर्थिक संकट, हिंसा भड्किए पछि देश्भर संकटकाल
श्रीलंकामा चरम आर्थिक संकट, हिंसा भड्किए पछि देश्भर संकटकाल
Television and bollywood who flaunted their baby bump in style!
Television and bollywood who flaunted their baby bump in style!
काठमाडौंको चुनाव सँधै फरक र रोचक हुने गर्छ ,आगामी चुनावी परिणाम कस्तो आउला ?
काठमाडौंको चुनाव सँधै फरक र रोचक हुने गर्छ ,आगामी चुनावी परिणाम कस्तो आउला ?
उखुमा किसानमारा निर्णय
उखुमा किसानमारा निर्णय
राष्ट्रियसभा निर्वाचन उम्मेद्वारलाई लिएर राजपाभित्र तीव्र विवाद
राष्ट्रियसभा निर्वाचन उम्मेद्वारलाई लिएर राजपाभित्र तीव्र विवाद
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
बागी उम्मेदवारी फिर्ता गर्न गठबन्धनको निर्देशन, फिर्ता नलिए पार्टीले निष्कासन गर्ने चेतावनी
बागी उम्मेदवारी फिर्ता गर्न गठबन्धनको निर्देशन, फिर्ता नलिए पार्टीले निष्कासन गर्ने चेतावनी