संशोधन प्रस्ताव अघि नबढ्ने भयो;कांग्रेस नेता निधि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
संशोधन प्रस्ताव अघि नबढ्ने भयो;कांग्रेस नेता निधि

सारांश

  • २७ असार, काठमाडौं ।
  • सरकारले संसदमा विचाराधीन संविधान संशोधन अघि नबढाउने तयारी गरेको छ ।
  • प्रमुख विपक्षी दल नेकपा एमालेले समर्थन नगर्ने र एमाले विना दुई तिहाई नपुग्ने देखेपछि संशोधन अघि नबढ्ने अवस्था आएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।

२७ असार, काठमाडौं । सरकारले संसदमा विचाराधीन संविधान संशोधन अघि नबढाउने तयारी गरेको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले समर्थन नगर्ने र एमाले विना दुई तिहाई नपुग्ने देखेपछि संशोधन अघि नबढ्ने अवस्था आएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए ।

मंगलबार बसेको तीन दलको बैठकमा एमालेले संशोधनमा समर्थन नगर्ने बताएको थियो । उसले सबै चुनाव सकेपछि मात्र संशोधनबारे छलफल गर्ने प्रस्ताव राखेको छ ।

संविधान संशोधनमा एमालेले समर्थन न गर्ने र दुईतिहाई न पुग्ने भएपछि उक्त संशोधन प्रस्ताव हाललाई अगाडि न बढ्ने भो।यसबारे आजै राजपा संग बैठक छ

 

 कांग्रेस नेता निधिले ट्वीट गरेका छन्, ‘संविधान संशोधनमा एमालेले समर्थन नगर्ने र दुई तिहाई नपुग्ने भएपछि उक्त संशोधन प्रस्ताव हाललाई अघि नबढ्ने भो ।’

उनका अनुसार अब यसबारे राष्ट्रिय जनता पार्टी नेपालसँग आजै छलफल गर्ने तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?