प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २०, २०७७
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस

सारांश

  • सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालले अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि सरकारले यथाशक्य चाँडो वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।
  • पूर्व प्रधानमन्त्रीसमेत रहेका नेताद्धयले विभिन्न मिडियामार्फत डाक्टर केसीको जीवनरक्षाको लागि सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका हुन् ।
  • र, डाक्टर केसीसँग वार्ता गर्नपनि सरकारलाई उनीहरुको जोड छ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालले अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि सरकारले यथाशक्य चाँडो वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेताद्धयले विभिन्न मिडियामार्फत डाक्टर केसीको जीवनरक्षाको लागि सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका हुन् । र, डाक्टर केसीसँग वार्ता गर्नपनि सरकारलाई उनीहरुको जोड छ ।

‘डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दापनि राज्यले वार्ता नगरी बस्न मिल्छ ?’

नेता खनालले आफूले पनि सरकारलाई डाक्टर केसीसँग वार्ताको लागि पहल गर्न आग्रह गर्ने जनाएका छन् । र, नेता नेपालले पनि डाक्टर केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएकोले अनशन अन्त्य गराएर ज्यान बचाउनुपर्ने बताएका छन् । आजमात्रै, जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि २३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दापनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?