राजधानीमा भेटिनै छाडे कांग्रेसका नेताहरू, गए कहाँ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
राजधानीमा भेटिनै छाडे कांग्रेसका नेताहरू, गए कहाँ ?

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  • कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई केन्द्रीय कार्यसमितिलाई समय दिन आग्रह गरे।
  • पौडेल पुनः जिल्ला जान लागेको थाहा पाएपछि उनीहरूले महासमिति बैठक तयारीका लागि काठमाडौंमै बसिदिन आग्रह गरेका हुन्।

काठमाडौं, ८ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई केन्द्रीय कार्यसमितिलाई समय दिन आग्रह गरे। पौडेल पुनः जिल्ला जान लागेको थाहा पाएपछि उनीहरूले महासमिति बैठक तयारीका लागि काठमाडौंमै बसिदिन आग्रह गरेका हुन्। पौडेलले जिल्लामा कार्यक्रम रहेको जनाउ दिएपछि सभापति देउवा र पदाधिकारीलाई बैठक कसरी बोलाउने भनेर सकस परेको थियो। पौडेल सकारात्मक भएपछि भने नेतृत्वले आगामी आइतबारका लागि बैठक बोलाएको छ।

सभापतिले गत वैशाख २१ मा बहुमतका आधारमा पार्टी पदाधिकारी मनोनयन गरेपछि पौडेल असन्तुष्ट बनेका थिए। उनले उक्त निर्णयविरुद्ध देशभरका नेता तथा कार्यकर्तासमक्ष पुगेर सल्लाह गर्ने बताएका थिए। उनी वैशाख अन्तिमदेखि जिल्ला धाइरहेका छन्। निर्वाचनमा पराजयपछि कांग्रेस नेताहरूको जिल्ला दौडाहा बाक्लिएको छ। नेतृत्वविरोधी खेमा जिल्लामा सक्रिय हुन थालेपछि सभापतिनिकट पनि जिल्ला धाउन लागेका हुन्। उपसभापति निधि र सहमहामन्त्री डा प्रकाशशरण महत महासमिति भेलामा पेस गर्ने प्रतिवेदन तयारीका लागि सातै प्रदेशका सदरमुकाम पुगेका छन्। निधिको नेतृत्वमा राजनीतिक र महतको नेतृत्वमा आर्थिक प्रतिवेदन तयार भइरहेको छ।

यसलाई स्वाभाविक रूपमा लिनुपर्ने प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ। ‘केन्द्रीय नेताहरूको जिल्ला दौडाहालाई अन्यथा लिनुहुँदैन’, उनी भन्छन्, ‘यसले गर्दा तल्लो तहसम्म पार्टी बलियो हुनेछ।’ स्थानीय, प्रदेश र संघ तीनै तहमा प्रतिपक्षमा पुगेकाले भूमिका फेरिएको उनको भनाइ छ। जिल्ला जानेमा सबैभन्दा अगाडि देखिएका छन्, डा.शेखर कोइराला। उनी तीन तहको निर्वाचनपश्चात् ५६ भन्दा बढी जिल्ला पुगेका छन्। बाँकी २१ जिल्ला पनि जाने योजना रहेको उनी सुनाउँछन्। उनी शुक्रबार नेपालगन्जतिर लागे। उनी आइतबार त्यहाँ सम्बोधन गरेर काठमाडौं फर्किने योजनामा छन्। उनले यसअघि पूर्वका मोरङलगायत जिल्ला घुमेका थिए। ४० भन्दा बढी जिल्ला पुगिसकेका नेता कृष्णप्रसाद सिटौला शुक्रबार इलाम पुगेका छन्। उनी शनिबार काठमाडौं फर्किंदै छन्। उनी अघिल्लो साता सुर्खेत पुगेका थिए। ‘काठमाडौंमा खासै काम हुँदैन। जिल्लाका साथीहरूले बोलाउनुहुन्छ’, उनी भन्छन्, ‘त्यही भएर बढी समय जिल्लातिर देखिएको हुँ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?