‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
सारांश
- काठमाडौँ ।
- नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने गर्ने भएको छ ।
- उक्त अभियानको घोषणा गरेसँगै माओवादीका केन्द्रीय तहका नेताहरुको जिम्मेवारी वडा तहसम्म हुने भएको हो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने गर्ने भएको छ । उक्त अभियानको घोषणा गरेसँगै माओवादीका केन्द्रीय तहका नेताहरुको जिम्मेवारी वडा तहसम्म हुने भएको हो ।
अध्यक्ष प्रचण्डले आइतबार केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानका लागि आफूसहितका नेताहरुको जिम्मेवारी तोकिएको र सोहीअनुसार देशभरका वडातहसम्म परिचालित हुने जानकारी दिएका छन् ।
उनले आफू पनि अभियानअन्तरगत सात प्रदेशका ७ वडामा जाने बताए । अभियानबाट एउटा पनि जनताको घर नछाड्ने र पार्टीलाई गति दिने उनले उल्लेख गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया