कोरियाली भाषा परीक्षा आवेदन शुक्रबारदेखि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
कोरियाली भाषा परीक्षा आवेदन शुक्रबारदेखि

सारांश

  • काठमाडौँ, ७ फागुन ।
  • रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ ।
  • भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।

काठमाडौँ, ७ फागुन । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।

अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट  www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको ९कमलादी कर्पोरेट शाखाबाहेक० जुनसुकै शाखा र आइएमई–पे तथा इ¬¬र्¬–सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ ।

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।

कोटा बढ्यो

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख््यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्मरणशक्ति दोब्बर बनाउने अचम्मको च्याउ !
स्मरणशक्ति दोब्बर बनाउने अचम्मको च्याउ !
स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल
स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
राष्ट्रियसभा निर्वाचनको तयारी पूरा
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी ।
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी ।
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
निर्मला हत्या प्रकरण : प्रदीपकाे डिएनए नमिलेपछि उनैलाई दोषी ठहर गर्न अरू प्रमाण खोज्दै प्रहरी
निर्मला हत्या प्रकरण : प्रदीपकाे डिएनए नमिलेपछि उनैलाई दोषी ठहर गर्न अरू प्रमाण खोज्दै प्रहरी
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक सम्बन्ध स्थापित
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक सम्बन्ध स्थापित
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?