पूर्वसभासद् गायत्री साहले अस्पतालमै छोडेको आफ्नो बच्चा लैजान अदालतको आदेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पूर्वसभासद् गायत्री साहले अस्पतालमै छोडेको आफ्नो बच्चा लैजान अदालतको आदेश

सारांश

  • अन्ततः उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन आदेश दिएको छ।
  • ७ महिनाअघि जन्मिएको बालकको हालको अवस्था डिस्चार्ज लिएर घर लैजान योग्य रहेकाले पाइएकाले ‘बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ ९३० बमोजिम बालबालिकाको हक अधिकारको प्रचलन गराउने प्रयोजनार्थ’ अस्पतालबाट बुझिलिएर अदालत उपस्थित हुन साह र अभिभावकलाई अदालतले आदेश दिएको हो ।
  •  अदालतका रजिष्ट्रार बाबुराम दाहालले असोज ३० गते आदेश दिँदै पत्र बुझेको तीन दिनभित्र बुझेर बालकसहित उपस्थित हुन भनिएको बताए।

अन्ततः उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन आदेश दिएको छ। ७ महिनाअघि जन्मिएको बालकको हालको अवस्था डिस्चार्ज लिएर घर लैजान योग्य रहेकाले पाइएकाले ‘बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ ९३० बमोजिम बालबालिकाको

हक अधिकारको प्रचलन गराउने प्रयोजनार्थ’ अस्पतालबाट बुझिलिएर अदालत उपस्थित हुन साह र अभिभावकलाई अदालतले आदेश दिएको हो । अदालतका रजिष्ट्रार बाबुराम दाहालले असोज ३० गते आदेश दिँदै पत्र बुझेको तीन दिनभित्र बुझेर बालकसहित उपस्थित हुन भनिएको बताए। ‘बालक जिम्मा लगाएर हक प्रचलन गराइपाउँ’ भनी

मेडिसिटी अस्पतालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो। सो मुद्दामा अदालतले आदेश गर्दै असोज ८ गते बालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई तीन हप्ताभित्र निर्देशन दिइएकोमा वीरले असोज २९ गते बालकको स्वास्थ्य परीक्षणको रिपोर्ट अदालतमा बुझाएको थियो।

उक्त प्रतिवेदनमा बच्चाको अवस्था सामान्य रहेको प्रतिवेदन दिएपछि अदालतको तर्फबाट बच्चा जिम्मा लिन भनिएको दाहालले बताए। रिपोर्टमा बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेकोले डिस्चार्ज दिन मिल्ने व्यहोरा उल्लेख गरिएको थियो। काठमाडौं कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा पंकज राय र डा रामहरि चापागाईं सहितको टोलीले

बालकको स्वास्थ्य परीक्षण गर्दा हालको अवस्था सामान्य रहेकोले घर लैजान सकिने देखिएको प्रतिवेदन दिएको थियो। पूर्वसभासद् गायत्री साहले फागुन २८ गते मेडिसिटी अस्पताल भैंसेपाटीमा छोरो जन्माएकी थिइन् । जन्मिएपछि डाउन सिन्ड्रोमको समस्या देखिएको भन्दै साह दम्पतीले बच्चा जिम्मा लिन अस्वीकार गरे ।

अस्पतालको लापारवाहीले बच्चमा समस्या देखिएको आरोप साह दम्पत्तिले लगाएका थिए । अस्पतालमा शिशु छाडेको सात महिना भइसकेको छ । उनीहरले बच्चा परित्याग गरेको घोषणा पनि गरेका छैनन् । अभिभाकत्व कसले ग्रहण गर्ने भन्ने अन्योल भएको छ । मेडिसिटी अस्पतालले बच्चाको अवस्थामा सुधार भई घर लैजान मिल्ने रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?